arrow

पूर्वाधार सम्मेलनमा विनोद चौधरीका सपना, धारणा र दृष्टिकोण

भ्रष्टाचार वा गलत कार्यमा एक पक्ष मात्र कहिल्यै दोषी हुँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०७६ भदौ २६ बिहिबार
Binod-chaudhary-inf.jpg

काठमाडौं। बुधबारदेखि राजधानीमा आयोजित नेपाल पूर्वाधार सम्मेलन २०१९ मा सरकारले नेपालमा लगानीको लगानीको अनुकूल समय रहेको भन्दै लगानीकर्तालाई लगानी आह्वान गरेको हो । नेपाल सरकार र उद्योग परिषद संघद्वारा आयोजित सम्मेलन बिहीबार सकिएको छ ।

व्यवसायी एवं सांसद बिनोद चौधरीले आर्थिक बिकासका लागि आफ्नो सपना र दृष्टिकोणबारे बोलेका छन्। उनले नेपालले के गर्न सक्छ र कसरि गर्न सक्छ भन्ने स्पष्ट धारणा राखेका छन्।

परिसंघका संस्थापक अध्यक्ष विनोद चौधरीले सरकारले निजी क्षेत्रलाई प्रबद्धन गर्नुपर्ने बताए। हालसालै प्रयोगमा ल्याइएको पेट्रोलियम पाइपलाइनको उदाहरण दिँदै परियोजनाहरु समयमै सम्पन्न गर्नसके त्यसबाट उचित प्रतिफल पाउन सकिने उनले बताए। उनका अनुसार नेपालमा लगानीको लगभग ८० प्रतिशत निजी क्षेत्रबाट आएको र निजी लगानीकर्ताले पनि अनेक बाधा व्यवधान झेल्नुपरेको छ।

लगानी मैत्री वातावरणका लागि निजी क्षेत्रलाई विश्वास गरिनु पर्ने कुरामा चौधरीले जोड दिए । उनले २०४६ को परिवर्तन पछि नेपाल सरकारले निजी क्षेत्रलाई लगानीमा आकर्षित गर्दै नीति-नियम लिएर आएको थियो। उक्त नीतिले नेपालमा निजी क्षेत्र ब्यापार ब्यवसायमा आएको हो। यो सबैको ‘आर्किटेक्ट’ नेपाली कांग्रेसका नेता तथा पुर्व अर्थ मन्त्री रामशरण महतलाई जान्छ । चौधरीले डा. महतको खुलेर प्रशंसा समेेेत गरेका छन्।

सरकारले नेपालमा लगानीको लागि उपयुक्त वातावरण रहेको भन्दै लगानीकर्तालाई आस्वस्त बनाउने प्रयास गरेको छ ।

२४ राष्ट्रका प्रतिनिधिसहित ५ सय बढी निजी क्षेत्रका लगानीकर्ताको सहभागिता रहेको सम्मेलनमा सहभागीबीच नेपालमा लगानीको क्षेत्र, अवसर र चुनौतिको विषयमा समेत छलफल भएको  छ ।

चौधरीले भारतको पछिल्लो समय अर्थतन्त्र सुस्ताएकोतर्फ ईंगित गर्दै हामी सजग हुनु पर्ने बताए। गत बर्षसम्म विश्वमा द्रुत गतिमा आर्थिक बृद्धिदर हासिल गरिरहेको भारतमा आर्थिक समस्या (रिसेसन)को कुरा शुरु भएको छ। ‘भारतको लगानी राम्रो छ, सरकार हरेक दिन केहि न केहि नयाँ योजना सार्वजनिक गरिरहेको छ तर पनि आर्थिक सुस्तता किन आयो होला भनेर सोच्दा निजी क्षेत्रलाई साथमा लिन नसकेको कारणले यस्तो स्थिती आएको आंकलन गर्न सकिन्छ । पुँजी बजारले राम्रो प्रदर्शन गर्न नसक्नु, निर्यातमा बृद्धि नहुनुका कारण निजी क्षेत्रलाईसंगै हिडाउन नसक्नु हो।‘ चौधरीको आफ्नो अध्ययन रहेको छ।

‘सरकार, कर्मचारीतन्त्र र निजी क्षेत्रको राम्रो र स्पष्ट सम्बन्ध भएमा भ्रष्टाचारका लागि कुनै ठाउँ हुँदैन। निती नियम सपष्ट र सबैले मान्ने भयो भने असमझदारीको पनि कुनै स्थान रहँदैन। सबैले त्यहि नियम टेकेर काम गर्दा काम हुन्छ र एक अर्कालाई आरोप-प्रत्यारोपको स्थिती पनि पैदा हुँदैन’ चौधरीले सकारात्मक सुझाव दिदै भने।  

चौधरीले भने ‘भ्रष्टाचार वा गलत कार्यमा एक पक्ष मात्र कहिल्यै दोषी हुँदैन। यस्मा राजनीतिज्ञ, कर्मचारी र ब्यापारी मिलेर मात्र भ्रष्टाचार संभव छ।‘

चौधरीले भारतको उदाहरण दिंदै भने ‘ तपाईले गलत नजिर वा कामहरु हेरेर नियम बनाउँन भन्दा सफलताका कथाहरु सुन्नुस र त्यसअनुसार नियम बनाउनुस्।‘ उनले थपे ‘बिगतका कमीकमजोरी वा गल्तीहरुलाई पनि सम्बोधन गर्नु पर्छ। कमिकमजोरी वा गल्तीहरु एकरातमा हुने होईनन् ति जम्मा हुँदै जाने हुन्। तिन्को निराकरणका उपाय पनि रातारात नयाँ निती ल्याएर हुँदैन।‘

उनले ‘नीति नियममा गरेको सानो परिवर्तनले अहिले ‘पिपिए’ भएर बनेका जलविद्युत आयोजनाहरुले देशमा लोडसेडिङको अन्त्य भएको छ। त्यसैगरि सिमेन्ट उद्योगमा आएको क्रान्ती पनि त्यस्तै एक सानो नीतिमा परिवर्तनले गर्दा भएको हो। हामी दुई बर्षमा क्लिंकर उत्पादनमा आत्मनिर्भर हुनेछौं। जलविद्युत क्षेत्रमा नेपालले आउँदा दिनहरुमा विद्युत भारत र बंगलादेशलाई बेच्न सक्षम हुनेछ।‘ भन्दै संभावनाका कुरा सुनाए।  

बिशेष आर्थिक क्षेत्र भनेर नेपाल सरकारले सातवटै प्रदेशमा सोच राखेको छ। यसका लागि पनि लगानी आकर्षण गर्न नितिनियमहरु लगानी मैत्री हुन जरुरी छ, लगानीकर्ताहरुलाई आकर्षित गर्नका लागि पुर्वाधारमा लगानी त सरकारले गर्नुपर्ने हुन्छ ।

प्रदेशको आर्थिक सरोकार

‘प्रदेश १ शिक्षाको केन्द्र हुनसक्छ तर के कुराले रोकिराखेको छ ?’ चौधरीको प्रश्न थियो। ‘भैरहवाको सेज (स्पेसल ईकोनोमी जोन) क्षेत्रमा किन एउटा मात्र उद्योग छ । अरु किन खुलेनन् ? बिरगन्जको गार्मेन्टका लागि बिशेष खोलिएको क्षेत्रमा कुनै पनि निवेदन किन परेन ? कसैले किन इच्छा देखाएन ? के समस्या हो ?’ प्रश्नहरु सोध्दै चौधरीले अगाडि संभावनाका पनि कुरा गरे।  

‘प्रदेश नं ५लाई बुद्ध क्षेत्र बनाउन सकिन्छ । बुद्ध सर्किटको नाममा भारतमा जति काम भएको छ त्यस्को आधारमा बुद्ध जन्मेको ठाउँ, बुद्धको दरवार वा राजधानी भएको ठाउँलाई हामीले किन सोचे जति बनाउन सकिरहेका छैनौं ? लुम्बिनीलाई बौद्धमार्गीहरुको मक्का-मदिना बनाउन सकिन्छ ।‘ उनको सोच देखिन्छ।  

भारत र चीनमा बिशेष आर्थिक क्षेत्रका धेरै सफलताका कथाहरु छन्। हामीले आफैले अनुभव लिरहन पर्दैन। छिमेकका सफलताका कथाहरुलाई आफू अनुकुल ढालेर लिन सक्छौं ।

‘सुदुरपश्चिमको कुरा गर्दा जलविद्युतको असिमित संभावना रहेको छ। हाम्रा सबै प्रदेशहरुसँग आ-आफ्ना सामर्थ्यहरु छन्। हाम्रा प्रदेशहरुले आफ्नो सामर्थ्य बारे जानकारी राख्दै कसरि धेरै भन्दा धेरै फाईदा लिन सकिने बारे सोच्ने बेला आईसकेको छ।

माथि उल्लेखित कमिकमजोरीहरुमा काम गर्नका लागि निजीक्षेत्र सक्षम रहेको छ। यी क्षेत्रहरुमा निजी क्षेत्रले प्रदेशसँग समन्वय गर्न सक्छ ।‘ चौधरीले देखेको संभावना बारे बोलिरहे।  

अन्तमा चौधरीले भने ‘नेपालको आर्थिक पुननिर्माणको कार्य सजिलो छैन। योजना बनाउँदा भर्खर नयाँ परियोजना शुरु गर्न लागिरहेको व्यवसायी जस्तो सुरुवात गर्नु पर्नेछ । हामीलाई सजिलो छैन्। तर गर्न सकिन्छ ।‘



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ