arrow

संविधान दिवस भव्यताका साथ मनाउन तयारी शुरु

विराटनगर महानगरले लियो मञ्च ब्यवस्थापन तथा सजावटको जिम्मा

logo
प्रकाशित २०७६ भदौ २७ शुक्रबार
biratnagar-mayor.jpg

विराटनगर। संविधान दिवस भव्यताका साथ मनाउन विभिन्न तयारी शुरु भएको छ। यसका लागि प्रदेश सरकार र विराटनगर महानगरपालिकाले सम्युक्तरुपमा थालनी गरेका हुन्। विहिवार विराटनगर महानगरपालिकामा भएको छलफलमा असोज ३ गतेको कार्यक्रमलाई भव्य बनाउन आबश्यक व्यवस्थापन गर्ने सहमति भएको छ।

छलफलमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, विराटनगर महानगरका मेयर भीम पराजुली, मूख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका प्रमुख सचिव सुरेश अधिकारी, विराटनगर महानगर उपप्रमुख इन्दिरा कार्की, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारी, उद्योग संगठनका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, जिल्ला खेलकुद विकास समितिका देवराज कटवाल लगायत विभिन्न संघ संस्थाहरुको सहभागिता रहेको थियो। 

कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई जोगाउन र जनतालाई यसको अबस्थावारे बुझाउन कार्यक्रम फलदायी हुने बताए। यसका लागि स्थानिय तह संग समन्वय गर्ने काम भइरहेको जानकारी दिए।

विराटनगर महानगरका मेयर भीम पराजुलीले प्रदेश सरकार र स्थानिय तहको समन्वयमा विराटनगरमा हुने संविधान दिवस भव्य बनाउन अधितम गृहकार्य गरिने बताए। उनले मञ्चब्यवस्थापन तथा सजावटको जिम्मा विराटनगर महानगरले लिएको जानकारी दिए।  सहिद मैदानमा हुने कार्यक्रमका लागि जिल्ला खेलकुद विकास समितिलाई समेत जिम्मेबारी तोकिएको छ। यसका लागि विहिवारवाटै कार्यारम्भ गरिएको कार्यक्रममा जानकारी दिइयो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ