arrow

इसीबीले जस्तो क्रियाशिलता नदेखाएको भन्दै ट्रम्पद्वारा फेडको आलोचना

logo
एएफपी,
प्रकाशित २०७६ भदौ २७ शुक्रबार
donald-trump1.jpg

वासिङ्टन। अर्थतन्त्रलाई प्रोत्साहन गर्न अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्ब) को भूमिका यूरोपेली अर्थतन्त्रका लागि यूरोपेली केन्द्रीय बैंक (इसीबी) कोजस्तो सक्रिय नभएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडको आलोचना गरेका छन्।

फेडले इसीबीले जस्तो अर्थतन्त्रलाई प्रोत्साहन गर्ने नीति नलिँदा अमेरिकी अर्थतन्त्रमा समस्या देखिएको उनले बताए। बिहीबार यूरोपेली बैंकले अर्थतन्त्रलाई प्रोत्साहन गर्ने व्यापक कार्यक्रम सार्वजनिक गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत् प्रेषित सन्देशमा भने, “ यूरोको मूल्यलाई मजबुत डलरसँग प्रतिस्पर्धा गर्दै यूरोको मूल्यलाई घट्न नदिन उनी (यूरोपेली) हरूले प्रयास गरेका छन् र सफलता पाएका पनि छन्। उनीहरूले अमेरिकी निर्यातलाई प्रभावित पारिदिएका छन् र यसबाट अमेरिकालाई घाटा भैरहेको छ।”

“तर फेड चुप लागेर बसेको बसै गरिरहेको छ,” ट्रम्पले फेडविरूद्ध पछिल्लो आलोचना गर्दै भने। अमेरिकी राष्ट्रपति ट्रम्पले फेड र यसका अध्यक्ष जेरोम पावेलविरूद्धको निरन्तर अभियानलाई जारी राख्दै आएका छन्। उनले पछिल्लो केही समयमा दैनिकजसो अमेरिकी राजनीतिबाट स्वतन्त्र मानिने केन्द्रीय बैंकको आलोचना गर्दै आएका छन्। बुधबार पनि अमेरिकी राष्ट्रपतिले फेडलाई ब्याजदर शुन्य प्रतिशतमा झार्न आग्रहसहित ट्वीट गरेका थिए।

फेडको नीति समितिको आगामी हप्ता बैठक हुँदैछ र यसले ब्याजदरलाई थप कटौति गर्ने व्यापक अपेक्षा गरिएको छ। चीनसँगको व्यापार विवादका कारण अमेरिकी अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै अर्थतन्त्र सुधारका लागि बैंकको तर्फबाट सम्भावित कदम चाल्ने पावेलले सङ्केत गरेका छन्।

लगानीकर्ताहरूले फेडले आधार अङ्कको २५ प्रतिशत दर कटौति हुनेमा निकै आशावादी छन् तर उनीहरूले ब्याजलाई शुन्य प्रतिशतमा झार्ने निर्णय गम्भीर आर्थिक सङ्कटका समयमात्र हुने धारणा राखेका छन्।

गत बर्ष चारपटकसम्म गरेको ब्याजदर कटौतिपछि अमेरिकी बैंकले ब्याजदरलाई २.२५ बाट २.० मा झारिएको थियो। यो कदम बैंकले १० बर्षपछि पहिलो पटक आंशिकरूपमा विमाबाट सम्बोधन गर्नेगरी व्यापार अनिश्चितताका कारण अर्थतन्त्रमा परेको असरलाई समाधान गर्ने प्रयासस्वरूप गरेको निर्णय थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ