arrow

मेरो आठराई

logo
मोहन सिटौला,
प्रकाशित २०७६ भदौ २७ शुक्रबार
mohan-sitoula-2019.jpg

मैले मेरो आठराईलाई क्यै गरेको छैन
दिल खोली भनौं साथी ! ऋण चुका'कै छैन

तमोर नदी पुलमाथि मोटर गुडाउँ लाग्छ
आठराईका खेलफाँट सिन्चूँसिन्चुँ लाग्छ
तिर्खिएका गला भरी पानी पिलाउँ लाग्छ
अन्धकार आठराईमा विद्यत् बालूँ लाग्‍छ

जन्मभूमि आठराईलाई धेरै सधाउनुछ
नवयुगमाला सवै सजाउनु छ 
आठराईलाई उठउँदै देशलाई ने उठाउँ
विश्वमा नै उठ्ने हामी भूमिका लौ खेलौं

आठराइमा
तारा, जून बोलाएर, डुलाएर धुमौं
आठराईका यात्रीसित हातेमालो गरौं

भूक्भूके र सूर्यास्तका आभा टिप्यै छैन
कञ्चञ्ङ्गा टलकमा म टल्किएकै छैन

मधुशाला आठराईको मधु पियै छैन
चित्त भरी वृत्त खोली गीत लेख्यै छैन

सिर्जनाका धुनटिपी गीत गा'कै छैन
नाट्यशाला धरणीमा नाँच नाच्यै छैन
जन्मभूमी आठराईलाई धेरै सधाउनु छ 
साच्चै भनूँ ऋण साथी धेरै घटाउनु छ

आठराईका
आठराईका प्रकृतिको आभा ‌ओ‌डूँ लाग्छ
संस्कृतिका लहरमा लाम लागूँ लाग्छ

न्याउली र ढुक्कुरसित गाउँन बाँकी छ 
सुनलहरी र भ्याउमाथि लेट्न बाँकी छ
सल्लेरी र पात्लेधारी डुल्न बाँकी छ
गुराँस टिपी मायालुलाई दिन बाँकी छ

पहराको छहरालाई चुम्न बाँकी छ
निलो दह भित्र आहा ! बुड्न बाँकी छ
भेडाबाख्रा -मृग - मिलन च्याउन बाँकी छ
टाडा-नजीक बाघ गर्जन सुन्न बाँकी छ

साहित्यकार सिटौलाको २०७६ सालमा प्रकाशित 'जीवन बाँसुरी गीत संग्रहको पृष्ठ ५२ बाट साभार



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ