arrow

चेल्सी, म्यान्सिटी र आर्सनलको शानदार विजय, तीन खेल ४–०, चार खेल बराबरी

logo
प्रकाशित २०७२ चैत २१ आइतबार
Arsenal.jpg.jpeg
एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा चेल्सी, म्यान्चेस्टर सिटी र आर्सनलले शानदार जित निकालेका छन् । शनिबार राति भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई उसकै घरेलू मैदानमा ४–० ले हरायो । चेल्सीलाई विजयी गराउन पेड्रो रोड्रिग्वेजले दुई तथा रुबेन लोफ्टस–चीक र एलेक्जान्द्रे पाटोले एक–एक गोल गरे । सुरुदेखि नै दबाबमा परेको एस्टन भिल्लाका एलन हुटन ८५औं मिनेटमा दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली १० जनामा सिमित भयो । 
 
यस्तै, म्यान्चेस्टर सिटीले एएफसी बर्नमाउथविरुद्ध ४–० कै जित निकाल्यो । सिटीलाई विजयी गराउन फर्नान्डो, केभिन डे ब्रायन, सर्जिओ अगुएरो र अलेक्सान्दर कोलारोभले एक–एक गोल गरे । तेस्रो स्थानमा रहेको आर्सनलले समेत वाट्फोर्डविरुद्ध ४–० कै जित दर्ता गर्न सफल भयो । आर्सनललाई विजयी गराउन अलेक्सीस सान्चेज, अलेक्स इओबी, हेक्टर बेलिरिन र थियो वाल्कोटले एक–एक गोल गरे । 
 
शनिबार राति भएका अन्य खेलमा नर्विच सिटीले न्यूकासल युनाइटेडलाई ३–२ ले हराउँदा चार खेल बराबरीमा सकिए । स्टोक सिटी र स्वान्सी सिटी तथा वेष्टह्याम युनाइटेड र क्रिष्टल प्यालेसले २–२ को बराबरी खेले । यस्तै, लिभरपुल र टोटनह्याम हट्सपरले १–१ को बराबरी खेल्दा सण्डरल्याण्ड र वेष्टब्रोमविच आल्बियनले गोल रहितबराबरी खेल्दै अंक बाँडे । योसंगै, ३१ खेलबाट ६६ अंक जोडेको लेस्टर सिटी शीर्ष स्थानमा छ । एक खेल बढी खेलेको टोटनह्याम ६२ अंकसहित दोस्रो तथा ३१ खेलबाट ५८ अंक जोडेको आर्सनल तेस्रो स्थानमा छ । म्यान्चेस्टर सिटीको ५४ अंक भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ