arrow

चिनियाँ राष्ट्रपति सिद्धारा इराकी राष्ट्रपतिलाई समवेदना सन्देश

logo
सिन्ह्वा,
प्रकाशित २०७६ भदौ २७ शुक्रबार
xi-marx.jpg

बेइजिङ। चिनियाँ राष्ट्रपति सि चिनफिङले इराकमा भएको भागदौडमा नागरिक हताहतको घटनाप्रति दुःख व्यक्त गर्दै इराकी राष्ट्रपति बरहाम साहिललाई समवेदना सन्देश पठाएका छन्। मध्यपूर्वी देश इराकमा गत हप्ता भएको हिंसात्मक घटनामा परी कैयौँ नागरिकको ज्यान गएको थियो। त्यस घटनाप्रति राष्ट्रपति चिनफिङले दुःख व्यक्त गरेका हुन्।

इराकको कारबाला नगरमा केही समयअघि भएको यो घटनाबाट कैयौँ नागरिकको ज्यान गएको घटनाले आफूलाई निकै दुःखी तुल्याएको उनले दिएको सन्देशमा उल्लेख भएको समाचारमा जनाइएको छ। उनले इराकी राष्ट्रपतिमार्फत इराकी नागरिकमा समवेदना व्यक्त गर्दै उक्त दुर्घटनामा परी ज्यान गुमाउने नागरिकका आफन्तहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। 

राष्ट्रपति चिनफिङले उक्त हिंसात्मक घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको पनि सो समाचारमा जनाइएको छ। त्यसैगरी चिनियाँ प्रधानमन्त्री लि खछ्याङले पनि इराकी प्रधानमन्त्री अदेल अब्दुल महादीमार्फत इराकी नागरिकलाई समवेदना सन्देश पठाएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ