arrow

संयुक्त राष्ट्रसंघले एलसाल्भाडोरमा मिसन पठाउने

logo
सिन्ह्वा,
प्रकाशित २०७६ भदौ २७ शुक्रबार
united-nations.jpg

संयुक्त राष्ट्रसंघ। संयुक्त राष्ट्रसंघले एल साल्भाडोरमा अनुगमन मिसन खटाउने भएको छ। संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले सो जानकारी दिएका हुन्। एल साल्भाडोरको सरकारले त्यस देशमा भ्रष्टाचारविरोधी अभियान सञ्चालन गरेको छ। सो अभियानलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघले उक्त अनुगमन समूह त्यहाँ पठाउन लागेको हो।

मध्य अमेरिकी देश एल साल्भाडोरले आफूले चालेको भ्रष्टाचारविरोधी अभियानलाई सघाउन र त्यहाँको दण्डहीनताको अवस्थाको निराकरण गर्नका लागि सो मिसनको खटाइदिन आग्रह गरेको थियो। सोही आग्रहबमोजिम नै उक्त मिसन पठाउन लागिएको महासचिव एन्टोनियो गुटरेसले सो जानकारी दिएका छन्। यो अन्तर्राष्ट्रिय स्तरको र मान्यताप्राप्त मिसन हुने बताइएको छ। 

पत्रकार सम्मेलनका क्रममा महासचिव गुटरेसले सो मिसन पठाउन लागेको जानकारी दिए। उनले एल साल्भाडोरको सरकारले गरेको अनुरोधका कारण त्यहाँ मिसन पठाउन लागिएको बताए। उनले बिहीबार मात्र एल साल्भाडोरका उपराष्ट्रपति फेलिक्स उल्लोआसँग भेटवार्ता गरेका थिए। सो भेटपछि एल साल्भाडोर सरकारले अघि सारेको अभियानलाई सघाउन राष्ट्रसंघका प्राविधिक व्यक्तिहरु सम्मिलित उक्त मिसन पठाइने भएको हो।

उक्त देशका छिमेकी देशहरु ग्वाटेमाला र होन्डुरसमा पनि यसअघि देखि नै संयुक्त राष्ट्रसंघका मिसनहरु राखिएको छ। त्यस्तै खालको अन्तर्राष्ट्रिय मिसन स्थापना गरिदिन उक्त देशले राष्ट्रसंघलाई अनुरोध गर्दै आएको थियो। तर ग्वाटेमालामा भने यही सेप्टेम्बर ३ देखि राष्ट्रुसंघीय मिसनको अन्त्य भएको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ