arrow

ब्रेक्जिटबारे छलफल गर्न बेलायती प्रधानमन्त्रीद्वारा इयू नेतासँग भेट गर्दै

logo
सिन्ह्वा,
प्रकाशित २०७६ भदौ २७ शुक्रबार
boris-johnson-pm-UK.jpg

लण्डन। यूरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमनबारे छलफल गर्न बेलायती प्रधानमन्त्री बोरिस जोनसनले इयू प्रमुख जाँ क्लाउड यङ्करसँग सोमबार कुराकानी गर्ने प्रधानमन्त्री कार्यालयले शुक्रबार जानकारी गराएको छ। “प्रधानमन्त्री जोनसन सोमबार दिउसो लक्जेम्वर्ग जाने र ब्रेक्जिटका बिषयमा इयू नेता यङ्करसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ,” प्रधानमन्त्रीको कार्यालयका प्रवक्ताले बताए।
 
यो जोनसनले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि छिट्टै इयू प्रमुखबाट विदा लिन लाग्नुभएका यङ्करसँगको पहिलो बैठक हुनेछ। यद्यपि आगामी बैठकबाट कुनै समाधानको अपेक्षा भने गरिएको छैन। “यङ्करसँगको कुराकानी पछि जोनसनले लक्जेमवर्गका प्रधानमन्त्रीले जेभियर बेट्टेलसँग भेट गर्ने कार्यक्रम रहेको छ,” प्रधानमन्त्रीको कार्यालयले बताएको छ। 

जोनसनको लक्जेम्वर्ग भ्रमण ब्रेक्जिट सम्झौताका लागि हुने यूरोपेली प्रमुख नेताहरूसँगको अन्तिम भेट हुनेछ। यसपहिले उनले जर्मनी, फ्रान्स तथा यूरोपेली परिषद्का प्रमुख डोनाल्ड टस्कलगायतसँग भेटवार्ता गरेका थिए। “हामीले ब्रेक्जिट सम्झौताका लागि कडा गृहकार्य गरिरहेका छौँ, छलफलहरू भइरहेका छन् तर यसका लागि लामो समय वितिसकेको छ त्यसैले वार्ताहरूबाट ठोस उपलब्धि हुने सम्भावना घटेर गएको छ,” प्रवक्ताले भने।  

जोनसोनले इयूसँग सम्भवभए सम्झौता गरेर नभए सम्झौताहीन अवस्थामा भएपनि तोकिएको समय (अक्टोबर ३१) मा नै इयूबाट बाहिरिने कुरा पटकपटक दोहोराएका छन्। उनले अर्थहीन अवस्थामा ब्रेक्जिटबारे समयको बर्बादी गर्न ब्रसेल्सलाई सोध्ने थप प्रयास नहुने पनि बताएका छन्। 

बेलायतकी पूर्व प्रधानमन्त्री टरिजा मेले इयूसँग गरेको सम्झौता बेलायती संसदबाट अनुमोदन हुन नसक्दा यस अघि दुई पटकसम्म तोकिएका समयमा ब्रेक्जिटका सम्वन्धित गरिएका प्रयास विफल भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ