arrow

सोनियाको निम्तो राहुलद्वारा अस्वीकार

logo
एएनआई,
प्रकाशित २०७६ भदौ २८ शनिबार
sonia-gandi.jpg

नयाँ दिल्ली। भारतीय राष्ट्रिय कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले बोलाएको महत्वपूर्ण र निर्णायक मानिएको बैठकमा निवर्तमान अध्यक्ष राहुल गान्धी अनुपस्थित भएका छन्।

बैठकका लागि उनलाई बोलाइएको र स्मरण गराइएको भएपनि उनी उपस्थित नभएको नेताहरूले जानकारी दिएका छन्। सन् २०१७ मा पार्टी अध्यक्ष बनेका राहुलले केही महिना अगाडि भएको निर्वाचनमा पार्टीको नराम्रो पराजय भएपछि नैतिकताको आधारमा पार्टी अध्यक्षबाट राजिनामाको घोषणा गरेका थिए।

उनलाई पार्टीका धेरै नेता तथा कार्यकर्ताहरूले राजिनामा फिर्ता लिन पटक पटक आग्रह गर्दा पनि अस्वीकार गर्दै आएका थिए। पार्टी केन्द्रीय कार्यालयमा पार्टीका महासचिवहरू, प्रदेश अध्यक्षहरू, पार्टीका सांसदहरूलगायतको संयुक्त बैठकमा उनी अनुपस्थित भएका हुन्। 

नेता गान्धी अहिले कांग्रेस पार्टीको कुनै पदाधिकारी नभएपनि केन्द्रीय सदस्य र सांसद भने छन्। उनी हालै भएको आम निर्वाचनमा वायानादबाट लोकसभामा निर्वाचित भएका हुन्।

राहुल निकट श्रोतले एएनआईलाई दिएको जानकारी अनुसार उनले पार्टीको महत्वपूर्ण जिम्मेबारी आफुले त्याग गरिसकेकाले अत्यावश्यक बाहेक पार्टीको महत्वपुर्ण बैठकहरूमा नजाने अडान लिएका छन्। यसअघि उनले संविधानको धारा ३७० लाई सरकारले खारेज गरेको विषयमा छलफल गर्न आयोजित केन्द्रीय समितिको बैठकमा सहभागीता जनाएका थिए। 

राहुलले राजिनामा फिर्ता नलिएपछि पार्टीको अन्तरिम अध्यक्षका रूपमा पूर्व अध्यक्ष सोनीया गान्धीले जिम्मेवारी लिएकीछिन्। झण्डै १२ बर्षपछि कांग्रेसको केन्द्रीय कार्यालयमा अहिले राहुलको कुनै ‘नेमप्लेट’ छैन भने उनले केन्द्रीय सदस्यका रूपमा मात्रै आफूलाई प्रस्तुत गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ