arrow

भारतमा नयाँ संसद भवन बन्ने

logo
एएनआई,
प्रकाशित २०७६ भदौ २८ शनिबार

नयाँ दिल्ली। भारतको केन्द्रीय राजधानी दिल्लीमा नयाँ संसद भवन बन्ने भएको छ। आगामी पाँच बर्ष भित्रमा नयाँ भवन बनाउने योजना सरकारले बनाएको छ।

आवास तथा शहरी विकास मामिला मन्त्री हरदीप सिंह पुरीले प्रधानमन्त्री नरेन्द्र मोदीको सपना परियोजना अन्तर्गत नयाँ संसद भवन बनाउन लागिएको शुक्रबार बताए।

हामीले अहिलेको भवनलाई पुरै पुनर्निमाण गर्न लागेका छौँ, सन् २०२४ सम्ममा यो काम सम्पन्न गर्ने योजना बनाएका छौँ, उनले भने। मन्त्री पुरीले अर्को निर्वाचनबाट छनौट हुने सांसदहरू नयाँ संसद भवनमा आउन पाउने विश्वास पनि व्यक्त गरे।

दिल्लीमा आयोजित एक सम्मेलनमा बोल्दै उनले सरोकारवालाहरुलाई नयाँ भवनका लागि प्रस्ताव पेश गर्न लगाई सकिएको जानकारी दिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ