टर्कीका पूर्वप्रधानमन्त्री अहमेत डेभुतोग्लुले नयाँ पार्टी खोल्ने
एएफपी,
प्रकाशित २०७६ भदौ २८ शनिबार
526
Shares
अङ्करा। टर्कीका पूर्वप्रधानमन्त्री अहमेत डेभुतोग्लुले नयाँ पार्टी खोल्ने घोषणा शुक्रबार गरेका छन्। उनले त्यसलाई वर्तमान चुनौतीहरू विरूद्धको नयाँ राजनीतिक आन्दोलनको संज्ञा दिएका छन्। उनको आन्दोलन वर्तमान राष्ट्रपति तथा आफ्नै पूर्व मित्र रेसेप तैयप एर्दोगान विरुद्ध हुने देखिएको छ।
राष्ट्रपति एर्दोगानविरुद्ध पछिल्ला केही महिना आफ्नै पूर्व मित्रहरू उत्रिने क्रम चलिरहेको छ। टर्कीको सत्ताधारी दल ‘जस्टिस एण्ड डेभलपमेन्ट’ पार्टीमा राष्ट्रपति एर्दोगानले स्वतन्त्रता, न्याय र अर्थतन्त्रको लागि राम्रो भूमिका नखेलेको नेताहरूको आरोप छ।
“देशको हितका लागि हामीले ऐतिहासिक जिम्मेवारी र दायित्व बहन गर्नुपर्ने आवश्यकता सिर्जना भएकाले नयाँ अभियान चलाउन लागिएको हो,” डेभुतोग्लुले भने।
उन यसअघि पार्टीको अध्यक्ष र विदेश मन्त्री भइसकेका थिए। त्यसपछि प्रधानमन्त्री बनेका थिए।