arrow

अफगानिस्तानमा ४१ लडाकूद्धारा आत्मसमर्पण

logo
सिन्ह्वा,
प्रकाशित २०७६ भदौ २८ शनिबार
afghanistan-map-geo.jpg

काबुल। अफगानिस्तानका सरकारी सुरक्षाकर्मीसमक्ष ४१ तालिबान लडाकूहरुले आत्मसमर्पण गरेका छन्। देशको उत्तरी प्रान्त तखारमा लडाकूहरुले आत्मसमर्पण गरेका गृह मन्त्रालयद्वारा शनिबार जानकारी दिएका छन्। स्थानीय नेता र जिल्लाका प्रहरीको पहलमा तखार प्रान्तको वार्साज जिल्लामा ती लडाकूहरुले सरकारी सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण गरेका हुन,” मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख छ।

आफूहरुसँग भएको हातहतियार पनि उनीहरुले सुरक्षा अधिकारीहरु बुझाएका जारी वक्तव्यमा जनाइएको छ।  ती तालिबान लडकूहरु छिमेकीमा पर्ने बादख्शान प्रान्तको कुरान वा मुन्जान जिल्लामा पनि सक्रिय रहेका बताइएको छ।

अफगानिस्तान सरकारले सन् २०१० देखि नै तालिबान लडाकूहरुका लागि शान्ति तथा पुनस्र्थापना प्रक्रिया सुरु गरेको थियो । प्रक्रिया शुरु भएदेखि अहिलेसम्म दश हजार भन्दा बढी तालिबान लडाकू शान्ति तथा पुनस्र्थापना प्रक्रियामा सहभागी भएको अधिकारीहरुले जनाएका छन् ।

यही महिनाको शुरुमा झण्डै १५० तालिबान लडाकू तथा इस्लामिक स्टेट ( आइएस ) लडाकूले पनि कुनार प्रान्तमा आत्मसमर्पण गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ