arrow

सिरियामा छ सर्वसाधारण मारिए

logo
एएफपी,
प्रकाशित २०७६ भदौ २८ शनिबार
syria-map.gif.gif

बेरुत। पश्चिमी सिरियाको इद्लिब प्रान्तमा सरकारी पक्ष र रुसले गरेको गोलाबारीमा परी कम्तीमा छ सर्वसाधारणको मृत्यु भएको छ। सिरियाको युद्धलाई निरीक्षण गरिरहेका मानवअधिकारवादी समूहले शनिबार दिएको जानकारी अनुसार जिहादीको बलियो प्रभाव रहेको क्षेत्रमा मस्कोले युद्धविराम घोषणा गरेको दुई हप्तापछि पुनः यो आक्रमण भएको हो।

गत मङ्गलवार, रुसले युद्धविराम शुरु भएदेखि यस क्षेत्रमा पहिलो हवाई आक्रमण गरेको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ।गत शुक्रवार, दक्षिणी इदलीब प्रान्तको मआरेट अल नुम्यान र काफ्रानबेल शहरमा शुक्रवार भएको रकेट प्रहार र गोलाबारीले एक बालकसहित पाँच सर्वसाधारणको मृत्यु भएको अब्जरभेटरीले जनाएको छ। करीब १० लाख जनसङ्ख्या भएको यस क्षेत्रमा धेरैजसो क्षेत्र युद्धबाट विचलित भएका छन्।

सन् २०११ को मार्चदेखि सिरियामा शुरु भएको जनअन्दोलन अहिले गृहयद्धको रुपमा चलिरहेको छ। आन्दोलनको केहीदिनपछि नै शुरु भएको गृहयद्धका कारण अहिलेसम्म तीन लाख ७० हजारभन्दा बढी मारिएको तथ्यांक छ। गृह युद्धमा अहिले आतङ्कवादी समूह मानिने अलकायदा र इस्लामिक स्टेट (आइएस)का लडाकू हावी भएको बताइएको छ।

यस युद्धका कारण अहिलेसम्म सिरियाका लाखौँ जनता घाइते भएका छन् भने अरु लाखौँ मानिस आफ्नै देश वा छिमेकी देशमा शरणार्थी बन्न बाध्य भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ