arrow

बार्षालाई हराएपछिको खुशियालीमा रोनाल्डोको अंग प्रदर्शन्

logo
प्रकाशित २०७२ चैत २१ आइतबार
Ronaldo_madrid.jpg.jpeg
एजेन्सी। एल क्लासिकोमा बार्सिलोनालाई पराजित गरेपछि रियाल मड्रिडका खेलाडीहरु उत्साहित भएका छन्। बार्साको घर क्याम्प नोउमा २-१ गोलले पराजित गर्दै सनसनीपुर्ण जीत निकालेको हो। 
 
उक्त खेलमा दोहोरो पहेंलो कार्ड खाएपछि बाहिरिएका खेलाडी सर्जियो रामोशले जीत पछि ट्विट गर्दै रियालको ड्रेसिङ रुममा भएको खुशीयालीको फोटो ट्विट गरेका छन्। 'राम्रो खेल जितियो । टोलीलाई बधाई अब च्याम्पियन्स लीगमा ध्यान दिनु पर्ने ' रामोसले लेखेका छन्। 
 
उक्त फोटोमा रियालका खेलाडीहरु खुशी मुद्रामा छन्। सबैभन्दा आश्चारय चकित पार्ने काम रियालका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गरेका छन्। आफ्नो जनईन्द्रिय छोप्ने कट्टुमात्र लगाएका छन्। उनले आफ्नो बलिष्ठ शरिरको प्रदर्शन गरेका छन्। उक्त तस्विरमा उनको एब्सहरु देख्न सकिन्छ। 
 
स्पेनिश लिग ला लिगा फुटबलमा रियाल मड्रिडले शीर्ष स्थानको बार्सिलोनालाई स्तब्ध बनाएको छ । बार्सा घरेलु मैदान नउ क्याम्पमा २–१ ले पराजित भएको हो ।
 
शनिबार घरेलु मैदानमा बार्साका जेरार्ड पीकुले टोलीलाई अग्रता दिलाएपनि अन्ततः हार जोगिएन । पहिलो हाफ गोल रहित बराबरीमा सकिंदा दोस्रो हाफपछी ५६औं मिनेटमा पीकुले गोल गरे । ६३औं मिनेटमा रियालका करिम बेन्जेमाले गोल  फर्काउँदै १–१ को बरारबरी गरे ।सनसनीपूर्ण खेलमा रियालका सर्जिओ रामोस दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएको एक मिने नवित्दै मुख्य फरवार्ड क्रिश्चियानो रोनाल्डोले ८५औं मिनेटमा निर्णायक गोल गरे । १० खेलाडीमा सिमित रियाललाई बार्साले बाँकी समयमा समेत टक्कर दिन सकेन ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ