arrow

चोरीको आरोपमा चार बालक प्रहरीको नियन्त्रणमा, यसरी चोरेर लुक्थे  

logo
दीपेन्द्र बस्नेत, 
प्रकाशित २०७६ भदौ २८ शनिबार
kanchanpur_district_map.png

पुनर्वास । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रस्थित पुनर्वासमा बिगत केहि महिना अघिदेखि हुँदै आएका चोरीको घटनामा संलग्न रहेको आरोपमा चार बालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

पुनर्वासको आइबिआरडी बजार , टाउन बजार , पशुपति चोक लगायत आसपासका होटल तथा पसलहरुमा चोरी घटनामा संलग्न हरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

पक्राउ पर्ने हरुमा पुनर्वास नगरपालिका ५ का सन्तोष जैसी , पदम रोकाया , टिकेन्द्र बोगटी र धनबहादुर साँउद रहेको ईलाका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायव निरीक्षक भुपाल थापाले बताए ।

चोरीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका चारै जनाको उमेर १२ देखि १६ वर्ष सम्मका रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ । 

प्रहरीको नियन्त्रणमा रहेकाहरुको समुहले पुनर्वासको आइबिआरडी बजारमा रहेका बझाङ होटल , आकृती होटल , टाउन बजारमा रहेका कपडा पसल र पशुपति चोकमा रहेको पसलहरुमा चोरी गरेको स्वीकार गरेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तिले जनाएको छ । 

बालकहरुको समुह रातिको समय चोरीको घटनामा संलग्न हुने र त्यसपछि पुनपा ५ स्थित सिमरीको उखुबारीमा खटिया राखेर लुक्ने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरी नायव निरीक्षक थापाले बताए । 

नियन्त्रणमा लिइएका बालकहरुसंग घटनाका बारे थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायव निरीक्षक थापाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ