arrow

क्यान्सर पीडित खड्कालाई कांग्रेस नेता पन्थीद्धारा सहयोग

logo
प्रकाशित २०७६ भदौ २८ शनिबार

तम्घास । नेपाली काँग्रेस गुल्मीका सचिव तथा युवानेता खिलध्वज पन्थी जिल्लाको मदाने गाउँपालिका वडा नं ५ मलागिरीका क्यान्सर पीडित धनबहादुर खड्कालाई आर्थिक सहयोग गर्न घरमै पुगेका छन् ।

क्यान्सर पीडित खड्कालाई नेपाली काँग्रेस गुल्मीका सचिव पन्थीले रु।१० हजार आर्थिक सहयोग प्रदान गरेका हुन् । सचिव पन्थीले क्यान्सर पीडित खड्कालाई सहयोग गर्दै स्वास्थ्य लाभको कामना समेत गरे । 

सचिव पन्थीले पार्टीले आह्वान गरेको यस्ता खालका धेरै कार्यक्रमहरुमा अन्तरक्रिया मात्र गर्दैनन उनले गरीब, विपन्न, दुःखी, रोगीहरुका लागि सहयोगका हातहरु फैलाउने गरेका छन् । यस्ता क्रियाकलापमा नेपाली काँग्रेस गुल्मीका जिल्ला सचिव खिलध्वज पन्थीको नाम प्राय अग्र–स्थानमा आउने गरेको देखिन्छ । 

यसअघि पनि विपन्न, रोगी, गरिब, असाह्यलाई सहयोग पुर्याउँदै आएका पन्थी नेपाली कांग्रेसको केन्द्रीय निर्देशन अनुसार प्रत्येक गाउँ, वस्ती–वस्तीमा पुगिरहेका छन् । सरकार प्रत्येक नागरिक, गरीब, विपन्न, दुःखी एवं रोगीहरुले महसुस गर्ने हुनुपर्छ भन्ने मान्यता राख्ने पन्थीलाई अभियानले निकै नै व्यस्त बनाएको छ । 

प्रायः जनता र नेताको भेट हुने समय भनेको निर्वाचन हुन्छ । तर पन्थीलाई त्यस्तो लाग्दैन । काँग्रेस सधै जनताको साथमा र आफू पनि त्यसैमा होमिएको उनको भनाई छ । 

कांग्रेसले देशव्यापी रुपमा सञ्चालन गरेको “हिमाल, पहाड, तराई–मधेश” (हिपतम) नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गतको दोस्रो चरणको जागरण अभियानका क्रममा जिल्लाको मदाने गाउँपालिका वडा नं ५ मलागिरी पुगेका सचिव पन्थीले उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए ।

दोस्रो चरणको जागरण अभियानलाई राम्रो बनाउन र पार्टी संगठनलाई मजबुत तथा बलियो बनाउनका लागि गुल्मी जिल्लाको निर्वाचन क्षेत्र नं २ को प्रदेश (ख) मा संयोजकको रुपमा पन्थी त्यहाँ खटिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ