arrow

ड्रोन आक्रमण आफूले गराएको यमनी हुथी समूहको दावी

logo
सिन्ह्वा,
प्रकाशित २०७६ भदौ २८ शनिबार
saudi-arabia-oli-fire.jpg

साना, यमन। यमनको हुथी समूहले स्थानीय समयअनुसार शनिबार बिहानै साउदी अरबको पेट्रोलजन्य इन्धन कम्पनीमा गरेको ड्रोन आक्रमणको जिम्मेवारी लिएको छ।

समूहका सैन्य प्रवक्ताले अल मसिरा टेलिभिजनमार्फत उक्त आक्रमणमा आफ्नो समूहको सम्लग्नता रहेको दावी गरेका हुन्। साउदी अरबको राजधानी रियादबाट करिब ३३० किलोमिटर उत्तरपूर्वस्थित बुक्यापस्थित उक्त तेल कम्पनी र खुराइस तेल फार्ममा आक्रमण भएको र यसका कारण कम्पनीलाई ठूलो क्षति भएको साउदी अरबको आन्तरिक मामिला मन्त्रालयद्वारा जारी विज्ञप्तिलाई उद्धृत गरी साउदी प्रेस एजेन्सीले उल्लेख गरेको छ।

सरकारी समाचारमाध्यमका अनुसार ती दुवै आगलागी नियन्त्रणमा आइसकेका छन्। स्थानीय समयानुसार बिहान ०४ बजे सुरक्षा टोलीले दुई तेल स्थलमा (ड्रोनका कारण शुरू भएको) आगो निभाउन सुरक्षाकर्मीहरूलाई खटाइएकोसाउदी प्रेस एजेन्सीले जनाएको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ