arrow

एक हल गोरु र तीन गाईलाई मार्यो चट्याङले 

logo
प्रकाशित २०७६ भदौ २९ आइतबार
lightning.jpg

दैलेख । दैलेखको भगवतीमाई गाउँपालिका–७ खगेनामा चट्याङ लागेर एक हलगोरु र तीन गाईको मृत्यु भएको छ ।

शनिबार दिउँसो ५ः३० बजे इन्द्रजीत विकको घर नजिकै चट्याङ परेको थियो । घर नजिकै बाँधेका एक हलगोरु र तीन गाईको मृत्यु भएको हो ।     
     
घर नजिकै चट्याङ परेकाले इन्द्रजीत विकको घरमा रहेका विककी श्रीमती पवित्रा विक र छोरा दिलीप विक बेहोस भएको जानकारी आएको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले जानकारी दिएका छन् । 
     
जानकारी आउनेबित्तिकै आफूहरुले स्थानीय जनप्रतिनिधिलाई खबर गरेर घटनाको विवरण बुझ्न पठाएको र जिल्ला प्रहरी कार्यालयलाई खबर गरेको अध्यक्ष थापाले बताए । 

घटनाको विस्तृत जानकारीका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । 

दैलेखमा लगातार तीन दिनदेखि ठूलो वर्षासँगै चट्याङ परिरहेको छ ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ