arrow

भारतीय जलमार्गमा दोस्रो टर्मिनलको शिलान्यास, नेपाललाई फाईदा हुन सक्ने

logo
प्रकाशित २०७६ भदौ २९ आइतबार
sahibgunj-waterterminal.jpg

राँची, भारत। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झारखण्डस्थित साहेबगन्जमा जलमार्गको बहुउदेेश्यिय टर्मिनलको शिलान्यास गरेका छन्। भारतीय जलमार्गको टर्मिनलमा यो दोस्रो हो ।

दुई बर्षमा निर्माण सम्पन्न भएर संचालनमा आउने भारतीय अधिकारीहरुले बताएको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

२ सय ९० करोड भारतीय रुपियामा निर्माण सम्पन्न हुने उक्त टर्मिनलले नेपाललाई पनि आफ्ना सामान आयात निर्यात गर्न सहज हुने जनाईएको छ।

कोलकातासँग सिधा सम्पर्क रहने उक्त जलमार्गबाट नेपालका लागि आयात हुने र निर्यात गर्ने बस्तुहरुमा ढुवानी खर्चमा कमी आउने विश्वास गरिएको छ।

उक्त टर्मिनलले बार्षिक ३० लाख टन भार क्षमतासम्म धान्न सक्ने बताईएको छ। उक्त टर्मिनलले उत्तर भारतको ढुवानीमा चमात्कारिक परिवर्तन ल्याउने विश्वास गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ