लता मंगेशकरले आफ्नो छायाँ नबन्न दिएको सुझावमा रानु मण्डलले दिइन् जवाफ
प्रकाशित २०७६ भदौ २९ आइतबार
434
Shares
काठमाडौं । लता मंगेशकरको गीत 'एक प्यार का नगमा हे' गाएर चर्चित बनेकी रानु मण्डलको आफ्नै गीत रिलिज भइसकेको छ । हालै उनले हिमेश रेशमियासँग गाएको गीत 'तेरी मेरी कहानी' सार्वजनीक भएको छ । रानु मण्डल लता मंगेशकरको ठूलो फ्यान हुन्।
राणुको भिडियो लता मंगेशकरसम्म पुगेपछि लता मंगेशकरले प्रतिक्रिया दिदै भनेकी थिइन् आफ्नो मूल आवाजमा गाउनुपर्छ नक्कल गर्नुहुदैन । आफ्नी बहिनी आशा भोसलेको उदाहरण दिदै लताले एक अर्तर्वातामा भनेकी थिइन् - यदि आशा आफ्नो शैलीमा गाउने कुरामा जिद्दी गर्दि थिइन् भने ऊ मेरो छायाँको रुपमा रहने थिइन् । एक व्यक्तिको प्रतिभाले उसलाई कत्तिको टाढा लैजान्छ भन्नेमा त्यो सबैभन्दा उत्कृष्ट उदाहरण हो यसैले नै म भन्छु - 'ओरजीनल बन।'
रानु मण्डलले अब लता मंगेशकरको भनाइमा जवाफ दिएकी छन्।
एक वेबसाइटसँग कुरा गर्दै, रानु मण्डलले भनिन्, ' लताजी भन्दा उमेरका अनुसार म सानो थिए, सानो हुँ र सानो नै हुनेछु। म उनको आवाजलाई बाल्यकालदेखि नै माया गर्छु। जब म गाउँ छोडेर कोलकाता पुगेकी थिएँ त्यहाँ म रेडियोमा लता जीको गीत सुन्थे। लता जीको सुमधुर आवाजको कारण नै उनलाई स्वरा कोकिला भनिन्छ। '
'तेरी मेरी कहानी' गीतको सार्वजीक गर्ने क्रममा हिमेश रेशमियाले लता मंगेशकरको बयानमा उत्तर दिदै भने 'सबैजना कसै न कसैबाट प्रेरित भएका हुन्छन्। त्यस्तै, रनु मण्डल लता मंगेशकरबाट प्रेरित छिन्। कुमार सानु आफूलाई किशोर कुमारबाट प्रेरित भएको भनेर बताउने गर्छन् । कोही पनि लता जी जस्तो हुन सक्दैन। उहाँ एक महान गायक हुनुहुन्छ र उहाँको यात्राबाट जो कोहिबाट प्रेरित हुन सकन्छ, रानुमा पनि यस्तो भयो, तर यो पनि सत्य हो कि राणु जन्मदेखि नै प्रतिभाशाली छिन्।'
यस बारेमा रानुले उनी बाल्यकालदेखि नै लता जीको गीत गाउँदै आएको बताइन् । लता जीको यो गीत उनको सबैभन्दा मनपर्छ। सबैले उनलाई भन्थे कि तिनीहरूको आवाज लता जीसँग मिल्छ र उनी आफैलाई भाग्यशाली ठान्छिन्।
केही दिनअघि सलमान खानले रानु मण्डललाई उपहारमा ५५ लाखको घर दिएको समाचार बाहिरियो। सो बारेमा रानुले भनिन् - ' यदि उनले मलाई घर दिएको भए उनले सबैको अघि मलाई बताउने थिए । उनले भन्ने थिए कि मैले राणु मण्डललाई घर दिएको छुँ । केहि त घोषणा गर्ने थिए । त्यसैले यो सत्य होइन ।'
एक अन्तर्वार्तामा रानु मण्डलको बारेमा कुरा गर्दै लता मंगेशकरले मेरो नाम र कामले कसैलाई मद्दत गर्दछ भने म आफैलाई भाग्यशाली ठान्छु भनेकी थिइन्, तर नक्कल गर्दा तपाईले लामो समयसम्म सफलता प्राप्त गर्न सक्नुहुन्न।'
लताका अनुसार किशोर दा, मोहम्मद रफी, आशा भोसले र मुकेशको गीत गाउँदा केही समयका लागि गायकहरूले ध्यान खिचे तर लामो समयसम्म टिकेनन् भन्ने हो । सबै गायकहरूको सदाबहार गीतहरू गाउनुपर्छ, तर निश्चित रूपमा आफैंलाई पनि खोज्नुपर्छ । गायकले उसको गीत खोज्नु पर्छ।