arrow

सन्यासको हल्ला बिच आफ्रिदीले छाडे पाकिस्तानी क्रिकेट कप्तानको पद

logo
प्रकाशित २०७२ चैत २१ आइतबार
Shahid-Afridi.jpg.jpeg
काठमाडौं। पाकिस्तानी क्रिकेट टोलीका विश्वकप टि-२० का कप्तान शाहिद आफ्रिदीले आफ्नो कप्तानी पद छाडेका छन्। विश्वकप क्रिकेटमा नराम्रो पराजय ब्योहोरेसँगै कप्तान आफ्रिदीको सन्यासको हल्ला पनि बाहिर आएको थियो। 
 
आज प्रेस बिज्ञप्ति जारी गर्दै आफ्रिदीले कप्तानी पद छाडेको घोषणा गरेका हुन्। कप्तानी छाडे पनि देश र क्लबकालागि खेल्ने उनले जानाकरी दिएका छन्। उनको प्रेस बिज्ञप्तीमा सन्यास बारे कुनै कुरा उल्लेख गरिएको छैन्। 
 
विश्वभरिका र पाकिस्तानका क्रिकेट प्रशंसकहरुलाई धन्यवाद दिंदै उनले आफ्नो राम्रो खेलकालागि प्रार्थना गरिरहन प्रशंसकहरुलाई आव्हान गरेका छन्। 
 
३६ बर्षिय आफ्रिदीले ९८ टि-२० अन्तराष्ट्रिय खेलेका छन्। उनको ब्यक्तिगत उच्चतम स्कोर ५४* रहेको छ भने उनले ९७ विकेट लिएका छन्। विश्व क्रिकेटका चर्चित अलराउण्डरको अबको क्रिकेट भविष्य के होला ? त्यो आउने समयले नै बताउने छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ