arrow

धनकुटाको ७ पालिका र जिल्लामा जागरण अभियान

logo
प्रकाशित २०७६ भदौ ३० सोमबार
jagaran-abhiyan.JPG

धनकुटा । राष्टिय जागरण अभियानको दोस्रो चरणको कार्यक्रम अनुसार धनकुटाका ७ वटा पालिका र जिल्ला सदरमुकाम धनकुटा बजारमा भव्य रुपमा कार्यक्रम गर्ने सोमबार नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।

दोस्रो चरणको जागरण अभियान कार्यक्रम अनुसार धनकुटा जिल्लामा असोज ३ देखी ६ गतेसम्म पालिका स्तरीय जागरण अभियान कार्यक्रम र असोज ७ गते जिल्ला सदरमुकाम धनकुटा बजारमा दुवै क्षेत्रको संयूक्त रुपमा नारा जुलुस सहित सभा गरी जागरण अभियानको समापन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस धनकुटाका जिल्ल सचिव विजय सन्तोषी राईले वताए।

धनकुटा जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र (क ) को सहिदभूमी गाउपालिको थलथले बजारमा असोज ३ गते,चौविसे गाउपालिकाको बोधेमा असोज ४ गते,सागुरीगढी गाउपालिकाको भेडेटारमा असोज ६ गते र धनकुटा नगरपालिकाको धनकुटा बजारमा असोज ७ गते  जागरण अभियान कार्यक्रम रहेको नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रिय कार्यसमिति (क) धनकुटका का सभापती जितेन्द्र राईले वताए ।

यसैगरी नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रिय कार्यसमिति (ख) का सभापति इन्दिरा थापाका दिएको जानकारी अनुसार धनकुटा जिल्लाको  प्रदेश सभा (ख) को पाख्रिवास नगरपालिाको पाख्रिवासमा असोज ४ गते,  महालक्ष्मी नगरपालिकाको जितपुर बजारमा असोज  ५ गते  र छथरजोरपाटी गाउपालिकाको छथरजोरपाटीमा असोज ६ गते  पालिका स्तरीय जागरण अभियान कार्यक्रम संचालन गरिने छ ।

धनकुटको  जिल्लाको  ६० वडा वडामा प्रतिनिधिको  गई वडा स्तरीय जागरण अभियान भैरहेको  नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ