arrow

विश्वकप टि–ट्वेन्टी क्रिकेट महिलाको उपाधि वेष्ट इन्डिजलाई

logo
प्रकाशित २०७२ चैत २१ आइतबार
T---20-win.jpg.jpeg
एजेन्सी । आइसीसी विश्वकप टि–ट्वेन्टी क्रिकेट महिलाको उपाधि वेष्ट इन्डिजले जितेको छ । कोलकातास्थित इडेन गार्डेन क्रिकेट मैदानमा वेष्ट इन्डिज ३ बल खेल्न बाँकी छँदै ८ विकेटको जित निकाल्दै पहिलो पटक विश्व च्याम्पियन बनेको हो ।  टस जितेर पहिले व्याटिङ गरेको अष्ट्रेलियाले दिएको एक सय ४९ रनको चुनौती वेष्ट इन्डिजले १९ ओभर ३  बलमा २ विकेट गुमाउँदै पार गरेको हो ।
 
वेष्ट इन्डिजका लागि ओपनर हेली म्याथ्थूजले ६६ रन बनाइन् । कप्तान स्टेफनी टेलरले ५९ रनको योगदान गरिन् । वेष्ट इन्डिजकी हेली म्याथ्युज म्यान अफ द म्याच घोषित भइन् । यसअघि, अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको थियो । उसका लागि कप्तान मेग लेनिङ्ग र इल्से भिलानीले समान ५२–५२ रन बनाए ।
 
इल्से पेरीले २८ रन बनाउन बाहेक अन्य व्याट्सम्यानले दोहोरो अंक स्कोर गर्न सकेनन् । बलिङतर्फ डेअन्ड्रा डोटिनले २ विकेट लिइन् । ३ पटकको विश्व च्याम्पियन अष्ट्रेलियाले यसपटक उपविजेतामै चित्त बुझाएको छ । अष्ट्रेलियाले २०१०, २०१२ र २०१४ को विश्वकप उपाधि जितेको थियो । अष्ट्रेलियाले २ पकट इङ्गल्याण्ड र एक पटक वेष्ट इन्डिजलाई हराउँदै उपाधि कब्जा गरेको हो । यस्तै, इङ्गल्याण्डले सन् २००९मा  न्यूजिल्याण्डलाई हराउँदै एक पटक विश्वकप टि–ट्वेन्टीको उपाधि जितेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ