महाकाली नदीमा हाम फालेर ३० वर्षे युवा बेपत्ता

प्रकाश चन्द्र भट्ट, प्रकाशित मिति : २०७६ भदौ ३१ मंगलबार
तस्वीर –फाइल

दार्चुला । दार्चुलामा महाकाली नदीमा हाम फालेर एक जना बेपत्ता भएका छ्न् । महाकाली नगरपालिका वडा नम्बर ४  का ३० बर्षीय सहदेव बोहराले मंगलबार बिहान ६ः३० बजे खलंगा बजारको पुलघाट नजिकबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एव सूचना अधिकारी प्रेम सिंह खड्काले जानकारी दिए । 

उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

नयाँ