arrow

च्याम्पियन्स लिग सुरु, राति आठ खेल, को को भिड्दै ? 

logo
प्रकाशित २०७६ भदौ ३१ मंगलबार
messi46.jpg

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन मंगलबारबाट सुरु भएको छ । मंगलबार राति विभिन्न समूहका आठ खेल हुँदैछन् । 

पहिलो दिन डिफेन्डिङ च्याम्पियन इंगलिश क्लब लिभरपुलले इटालियन क्लब लिभरपुलसंग खेल्दैछ । खेल नापोलीको मैदानमा हुँदैछ । यो समूह ई को खेल हो । 

यो समूहको अर्को खेलमा अष्ट्रियन क्लब साल्जबर्गले घरेलु मैदानमा बेल्जियन क्लब गेन्कसंग खेल्दैछ । 

समूह एचको खेलमा इंगलिश क्लब चेल्सीले आफ्नै मैदानमा स्पेनिश क्लब भ्यालेन्सियासँग खेल्नेछ । उक्त समूहको खेलमा डच क्लब आयाक्सले फ्रेन्च क्लब लिलसंग खेल्नेछ । 

समूह एफको खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले स्पेनिश क्लब बार्सिलोनासंग खेल्दैछ । नयाँ सिजनमा मैदानमा उत्रन नसकेका बार्सिलोना स्टार लियोनल मेस्सी यो खेलबाटै आफ्नो यात्रा अगाडि बढाउँदैछन् । उनी तयार रहेको प्रतिक्रिया प्रशिक्षकले दिएका छन् । 

यो समूहको अर्को खेलमा इटालियन क्लब ईन्टर मिलानले चेक क्लब स्लाभिया प्रागसँग खेल्नेछ । 

त्यस्तै समूह जी को खेलमा फ्रेन्च क्लब लियोंले रसियन क्लब जेनिथसंग खेल्नेछ । त्यस्तै उक्त समूहको अर्को खेलमा पोर्चुगिच क्लब बेनिफिकाले जर्मन क्लब लेप्जिगसंग खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ