arrow

ओपो एनाइन २०२० का यस्ता छन् फिचर

logo
प्रकाशित २०७६ भदौ ३१ मंगलबार

काठमाडौं । नेपालमा सार्वजनिक हुने तयारीमा रहेको “एनाइन २०२०” कम्पनीले यही आश्विन ६ गते सार्वजनिकगर्ने घोषणा गरेको छ। एनाइन २०२० का साथै कम्पनीले सोहीदिन“एफाइभ २०२०”पनि सार्वजनिक गर्ने जानकारी दिएको छ ।

सार्वजनिकको तयारीमा रहेका “एनाइन २०२०” र “एफाइभ २०२०” दूबै मध्यम बर्गिय स्मार्टफोन बजार लक्षित उत्पादनहरु हुन् । तथापी, अत्याधुनिक सुविधातथा फिचर्स सम्मिलितयी दूबै फोनमाउत्कृष्ट फोटोग्राफी क्षमता, सुन्दर डिजाइन र लामो समय टिक्ने ब्याट्रीपनि उपलब्ध गरिएका छन् । फोटोग्राफीका लागि उत्कृष्ट क्यामेरा, बोक्दा प्रिमियम अनुभव दिन आकर्षक डिजाइन र निरन्तर लामो समयसम्म विना कुनै समस्या चलाउन सकिने ब्याट्री क्षमता सहितका यी दूबै फोनहरु बहुसंख्यक उपभोक्तालाई एकै साथ समेट्ने सोचका साथ सार्वजनिक गर्न लागिएका हुन् । समग्रमाभन्नु पर्दा ओपो ए सिरिज २०२०ले बहुआयामिकउपभोक्ताकामागको सम्बोधनगर्नुका साथै विशेषगरी, जेनरेशन यूवा वर्ग लक्षित छन् ।

उपभोक्ताद्वाराअत्यधिक रुचाइएको ओपो विगत १० बर्षदेखि ओभरसिज बजारहरुमा सक्रिय छ । सन् २००९मा पहिलो ए सिरज मोडल, ए१०० थाइल्याण्डमा सार्वजनिकगरिएदेखि नै यसको डिजाइन, फोटोग्राफी र ब्याट्री प्रविधिकालागिफोनले अतुलनिय मौखिक लोकप्रियता पाइरहेको छ ।

ओपो एनाइन २०२० मा उपलब्ध गरिएको ४८एमपी अल्ट्रा-वाइड-एंगल क्वाड क्यामेराले हरेक किसिमका शुटिङ एंगल र परिस्थितीमा प्रयोगकर्ताका आवश्यकता पूरा गर्ने क्षमता राख्छन् । यसको क्यामेराले अल्ट्रा नाइट मोड २.०, अल्ट्रा वाइड फोटोग्राफी र आर्टिस्टिक पोट्रेट स्टाइलको पूर्ण रेञ्जसपोर्ट गर्छ । त्यसैगरी, यसमा रहेको १६एमपी फ्रण्ट क्यामेराले प्रयोगकर्तालाई ट्रेण्ड तथातिनका ईच्छा अनुसार परिमार्जनमा सघाउन एआई ब्यूटिफिकेसन प्रविधिको पनिप्रयोग गर्छ ।

भिडियो शुटिङपनि कम्पनीले उत्कृष्टता दिने प्रयास गरेको छ । यसमा रहेको फोरके भिडियो प्रविधिले सुदृढ ईफेक्ट्स मार्फत स्पष्ट भिडियो, अझजीवन्त रंग तथा दृष्य सम्प्रेषणमा सघाउँछ । साथै, यसमा रहेको भिडियो स्टेबिलिटी प्रविधिमार्फत प्रयोगकर्ताले स्थिर र ब्यवसायिक देखिने भिडियो खिच्न सक्छन् ।

१९ घण्टासम्म लगातार मोबाइलप्रयोगकको सुविधादिने क्षमता सहितको यो फोनमा रहेको ५ हजार एमएएच ब्याट्रीले प्रयोगकर्तालाई लामो समय सम्मफोनको निरन्तर प्रयोग गर्न सघाउँछ । ओपोको ए सिरिजमा ठूलो र सुदृढ गुणस्तरिय आवाजदिने क्षमता सहितको डुअल स्टेरियो स्पिकर्स र रोमाञ्चकआवाज सम्प्रेषणका लागि डल्बि एट्मोस साउण्ड इफेक्टपनि उपलब्ध गरिएको छ । यसले भिडियो, गेमिङ लगायत कार्यका लागि उत्कृष्ट अनुभव प्रदानगर्न सघाव मिल्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ