arrow

दौडिएर नै नेपाल चिनाउने दिनानाथ

logo
रमेश बस्ताकोटी,
प्रकाशित २०७६ भदौ ३१ मंगलबार
dinanath.JPG

चितवन । कोही नेपाली बिदेश गएर उतै सेटल भयो भने हामी सोच्छौ उ आफ्नो जिन्दगी सुधार्न र धन कमाउनमा नै तल्लिन हुन्छ , तर सबै त्यस्ता हुदैनन् केही यस्ता अपबाद हुन्छन् जो बिदेशी भुमिमा बसेर पनि आफ्नो देशलाई कुनै न कुनै तबरले चिनाउनका लागि मरिमेट्छन् । तिनै अपबाद मध्यका एक हुन् गोर्खाका दिनानाथ बगाले , जो अहिले हङ्कङमा बस्छन् र आफ्नो देशलाई चिनाउन लागिरहेका छन् त्यो पनि दौडिएर !!

गोर्खाको उत्तरी भेग साबिकको मसेल गाबिस हालको भिमसेन गाँउपालिका वडा नम्बर १ मा पर्ने खागिथोकमा बि.स. २०३६ सालमा जन्मिएका हुन् दिनानाथ बगाले । उनी अहिले नेपालको झन्डा बोकेर विदेशी भुमिमा दैडिरहेका भेटिन्छन् । दौडिनका लागि उनी कहिके जापान पुग्छन् , कहिले चीन त कहिले हङकङ कै विभिन्न ठाउँमा पुगिरहेका हुन्छन् । युरोपका फ्रान्स , इटलि र स्विजरल्याण्ड जस्ता देशमा पुगेर पनि उनले दौड मार्फत नेपाल चिनाईरहेका छन् । पछिल्लो पटक उनी फ्रान्स मा दौडिएका थिए । यस पछि हङकङ मा हुने प्रतियोगितामा उनी सहभागि हुदैछन् भने सन् २०२० को मार्चमा चिन मा हुने प्रतियोगितामा सहभागी हुने निश्चित भएको बगाले ले बताए ।

दिनानाथ २००४ मा हङकङ पुगेका थिए । हङकङ पुगेपछी नै उनी नेपालको प्रतिनिधित्व गर्दै निरन्तर दौडिरहेका छन् ।  दिनानाथ जब नेपालना थिए उनी ट्रेकिङ  कम्पनीमा टुर गाईड थिए । टुर गाईड हुँदानै उनी प्राय नेपाली हिमश्रृखला र डाँडाकाँडाहरुमा पुगिसकेका थिए । त्यसैले हिमश्रृखला र डाँडाकाँडा मा दौडनु उनका लागि नौलो थिएन । प्राय घुम्न र नयाँ काम गर्न रुचाउने दिनानाथ हङकङ पुगेपछी के गर्ने भन्ने योजना बनाउदै गर्दा उनैले काम गर्ने कम्पनिले अक्स्फाम रेस को आयोजना गर्यो , उनले यसमा सहभागी हुने निधो गरे । दिनानाथ भन्छन्," आफ्नो अनुभव , विभिन्न ब्यक्तिहरुको हौसला र आफ्नो दृढ विश्वासकै कारण सहभागी भए ।" पहिलोपटक सहभागी रेशमा कुशलतापूर्वक १०० किलोमिटर दौडिसकेपछि उनलाई आफ्नो क्षमता माथी विश्वास लाग्न थाल्यो ।

लगभग १०० भन्दा बढि ट्रेल रेशमा सहभागी भईसकेका छन् दिनानाथ हरेक रेशमा नेपालको झन्डा बोकेर दौडन्छन् । उनी भन्छन्," संसारमा नेपाली भनेर आफ्नो परिचय दिदा गौरव महशुस हुन्छ । दौडमा प्राय नेपालीहरु भेट्टिनु हुन्न, बिदेशिहरुले हाम्रो देशको बारेमा जिज्ञासा राख्नु हुन्छ म पनि गर्वका साथ हाम्रो सगरमाथा, बुद्ध अनि प्राकृतिक मनोरमता र सांस्कृतिक विविधताको बारेमा खुलेर भन्छु। "

दिनानाथ ले भाग लिने प्रतियोगितालाई ट्रेल रेस भनिन्छ । जुन डाँडा पाखा ,हिमाली भेग हरुमा आयोजना हुने गर्छ । दिनानाथ सन् २०१७, १८ र २०१९ मा चाईनाको मेली माउन्टेनमा १०० किलोमिटरको दौड, जापानको फुजी माउन्टेनमा १६८ किलोमिटरको दौड, खम्मीङ कन्ट्रिपार्क चाईनामा ११० किलोमिटरको दौड लगायतमा सहभागी भईसकेका छन् । हरेक दौडमा दोश्रो, तेश्रो पोजिसनसँगै उनले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

पछिल्लो समय फ्रान्समा आयोजित विश्वकै सवैभन्दा ठुलो अल्ट्रा रेश (युटिएमबी) अल्ट्रा ट्रेल माउन्टेन ब्लाङ्गमा सहभागी भएका थिए उनी । उनले १७१ किलोमिटर लामो रेश ३६ घण्टा १० मिनेटमा पुरा गरे ।

दिनानाथ भन्छन् ," यो साहसिक रेस हो , यसमा धैर्य चाहिन्छ , आत्मबिश्वाश चाहिन्छ । ट्रेल रनर हुन पाउँदा म आफू निकै खुशी छु । "
बर्षमा ३ देखि ५ वटा सम्म अन्र्तराष्ट्रिय दौडमा सहभागिता हुने दिनानाथ सम्पुर्ण लागत खर्च आफैले बेहोर्छन् । उनी भन्छन्," प्रायोजकहरु भेटिन्छन् तर मैले अहिलेसम्म कसैको प्रायोजनमा काम गरेको छैन, अन्य कम्पनीहरुको प्रायोजनमा प्रतियोगितामा सहभागी हुँदा सम्बन्धित कम्पनीको प्रचारको लागि काम गर्नुपर्ने हुन्छ तर म मेरो देशको लागि दौडिदैछु । मलाई मेरो देशको पहिचान हुने सामाग्रीहरुको प्रचार गर्नु छ ।"हरेक प्रतियोगितामा सहभागी हुदा २५० डलर देखि २२०० डलरसम्म तिर्नुे पर्ने दिनानाथको भनाई छ ।

अहिले उनले नेपालमा जिओग्राफी एक्स्पेडिसन एडभेन्चर ट्रेकिङ कम्पनी शुरुवात गरेका छन् । "कम्पनी मार्फत पर्यटकीय सम्भावनाहरुको खोजीसँगै पर्यटकहरुलाई नेपाल घुम्नका लागि अभिप्रेरित गरिरहेका छौ ।" दिनानाथ ले भने । उनले अबको प्रतियोगितामा नेपाल भ्रमण बर्श २०२० को प्रचार गर्ने आफ्नो योजना रहेको सुनाए । "बिदेश बसेर नि नेपालको प्रचार गर्न सकिन्छ । जसले जे सकिन्छ त्यो गर्ने हो । " दिनानाथ ले भने । हङकङ उनको कर्म थलो हो तर पनि उनी सधै नेपालको प्रचार गरिरहेका हुन्छन् । भन्छन् ," शरिरले साथ दिए सम्म दौडन्छु , अनि मातृभुमिको प्रचार गरिरहन्छु ।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ