मोदीबारे धेरैलाई थाहा नभएका कथा सुनाउन जुटे भन्साली
प्रकाशित २०७६ भदौ ३१ मंगलबार
585
Shares
काठमाडौं । बलिउडका प्रसिद्ध निर्माता निर्देशक संजय लीला भन्सालीले अब चलचित्र 'मन बैरागी' बनाउने भएका छन् । सलमान खान र आलिया भट्ट स्टारर फिल्म इन्शाल्लाह तुहिएपछि भन्सालीले प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा चलचित्र बनाउन लागेका हुन् । फिल्ममा मोदीको जीवनसँग सम्बन्धित अहिलेसम्म मानिसहरूसामु नआएका कथाहरु हुनेछन् ।
यसका बारे फिल्म निर्माता संजय लीला भन्साली भन्छन्, "मेरो लागि यस कथाको सबभन्दा चाखलाग्दो कुरा भनेको यसको विश्वव्यापी अपील र सन्देश लाग्यो। कथा राम्ररी खोज गरिएको छ र एक युवाको रुपमा हाम्रो प्रधानमन्त्रीको जीवनमा आएको महत्वपूर्ण मोडले मलाई धेरै प्रभावित गर्यो। मैले महसुस गरे कि यो यस्तो कथा हो जुन सुनिएको छैन र बताउन आवश्यक छ। "
यो फिल्मका लेखक संजय त्रिपाठीले नै निर्देशन गर्नेछन्। त्रिपाठी विश्वास गर्दछन् कि यो फिल्मले मानिसहरुको मन छुनेछ। उनले भने, "मेरो लागि यो यस्तो व्यक्तिको कथा हो जो आफैंलाई खोज्न बाहिर निस्किएर हाम्रो देशको महान नेता बने।"
प्रधानमन्त्री नरेन्द्र मोदीको बाल्यकालको चलचित्र 'चलो जीते है' को लागी यस वर्ष राष्ट्रिय फिल्म पुरस्कार जितेका महावीर जैन पनि यस फिल्मको निर्माणमा सक्रिय रूपमा सहभागी छन् । उनले संजय लीला भन्सालीसँग मिलेर 'मन बैरागी' निर्माण गरिरहेको छन्। यसको पोस्टर मंगलबार सुपरस्टार प्रभास र अक्षय कुमारद्वारा जारी गरिएको छ । प्रभासले आफ्नो सोशल मिडियामा पनि यो पोस्टरलाई शेयर गरेका छन्।
उनी भन्छन्, "मन बैरागीले नरेन्द्र मोदीको जीवनको यात्राको सबैभन्दा महत्त्वपूर्ण पक्ष देखाउने छ जुन अहिलेसम्म मानिसहरूमा प्रकट भएको छैन। युवाहरूले आफूलाई यो फिल्मसँग प्रत्यक्ष रूपमा जोड्न सक्नेछन र उनीहरू मोदीको जीवनबाट प्रभावित हुनेछन् ।'