arrow

शिमलाबाट उद्धार गरिएका बालकलाई दोस्रो बिहे गरेकी आमाको जिम्मा लगाइयो

logo
प्रकाशित २०७६ असोज १ बुधबार

तुलसीपुर । एक साताअघि भारतको शिमला स्थित पुर्जाली गाउँबाट उद्धार गरिएका दाङ तुलसीपुर १८ का बालक विशाल चौधरीलाई उनका आफन्त समक्ष मंगलबार हस्तान्तरण गरिएको छ ।

गत चैत २९ गते गाउँकै काजु चौधरीले नोकरी लगाई दिने भन्दै भारतको शिमला पुगाएर बेचिएका १४ वर्षिय बालक चौधरीलाई एक कार्यक्रमका बीच तुलसीपुर उपमहानरपालिका, ईलाका प्रशानसन कार्यालय, ईलाका प्रहरी कार्यालय, जनप्रतिनिधि, बाल अधिकारकर्मी र पत्रकारहरुको रोहवरमा आफन्तको जिम्मा लगाइएको हो ।

कञ्चनपुरका पत्रकार दीपेन्द्र बस्नेत , सामाजिक अभियन्ता प्रतीक बिष्ट अमर र जुद्ध चौधरीको टोलीले भदौ २२ गते उद्धार गरिएका बालकलाई उनकी आमा माया चौधरीलाई हस्तान्तरण गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा आयोजित कार्यक्रममा भारतबाट उद्धार गरिएका बालक चौधरीलाई अभिभावकका जिम्मा लगाइएको हो । 

बालक चौधरीका बुबा बहुदल चौधरीको म्रुत्यु भइ आमा माया चौधरीले दोस्रो बिबाह गरे पश्चात् एक्लो बनेका विशाल अभिभावक र आर्थिक अभाव झेल्दै आउँदा बिरक्तिएका थिए । 

मानसिक रुपमै कमजोर बन्न पुगेका बालक स्थानिय काजु चौधरीको चंगुलमा फसेर भारतको शिमला पुगेका थिए ।

मंगलबार तुलसीपुर उपमहानरपालिकाको हलमा आयोजित बालक हस्तान्तरण कार्यक्रममा उनको भविश्यको बारे सहभागी सरोकारवालाहरुले गहन छलफल गरी आमा माया चौधरीको जिम्मा लगाइएको थियो । 

तुलसीपुर उपमहानगरपालिकाका कार्यवाहक प्रमुख सुर्यबहादुर डाँगी, ईलाका प्रशासन कार्यालयका प्रमुख गंगाबहादुर क्षेत्री, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्द शारु, प्रहरी नायव उपरीक्षक हरिहर नाथ योगी, पत्रकार, जनप्रतिनिधि र बाल अधिकारकर्मीहरुको रोहवरमा बालकलाई तुलसीपुर उपमहानगर पालिकाका कार्यवाहक प्रमुख डाँगीलाई हस्तान्तरण गरिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ