arrow

टि–ट्वेन्टी विश्वकप फाइनल : सनसनीपूर्ण खेलमा ११ रनमै इङ्गल्याण्डलाई ३ विकेट हासिल

logo
प्रकाशित २०७२ चैत २१ आइतबार
joe-root.jpg.jpeg
एजेन्सी । आइसीसी विश्वकप टि–ट्वेन्टी क्रिकेटको फाइनलमा वेष्ट इन्डिज इङ्गल्याण्डले पेश गरेको चुनौती सामना गरिरहेको छ ।  वेष्ट इन्डिजका आकर्षण क्रिस गेल एक चौका प्रहार गर्दै आउट भएका छन् । यस्तै, ओपनर जोनसन चाल्र्स खाता खोलेर आउट भए । इङ्गल्याण्डले २३ रनमा तीन विकेट गुमाउँदा वेष्ट इन्डिजले ११ रनमै ३ विकेट गुमाएको छ ।  अलराउण्ड प्रदर्शन गर्ने क्रममा जो रुटले  २ विकेट लिएका छन् । महिला क्रिकेटको उपाधि जितिसकेको वेष्ट इन्डिजका लागि टस जित्नु अवसरको रुपमा हेरिए पनि हाल सम्मका भिडन्तमा इङ्गल्याण्ड बलियो देखिएकाले वेष्ट इन्डिजलाई सजिलो भने पक्कै छैन । 
 
 
......................................
आइसीसी विश्वकप टि–ट्वेन्टी क्रिकेटको फाइनलमा इङ्गल्याण्डले वेष्ट इन्डिजसामु एक सय ५६ रनको चुनौती पेश गरेको छ । कोलकातास्थित इडेन गार्डेनमा वेष्ट इन्डिजले टस जितेर फिल्डिङ राजेपछि पहिले व्याटिङ गरेकाे इङ्गल्याण्डले निर्धारित २० ओभरमा  ९ विकेट गुमाउँदै एक सय ५५ रन बनायो । 
 
सुरुवाती २३ रन बनाउदा ३ विकेट गुमाएको इङ्गल्याण्डका लागि जो रुटले ५४ रन बनाए । ३६ बल खर्चेर ७ चौकाको मद्दतले रुट ५४ रन बनाउँदै आउट भए । पाँचौ विकेटका लागि जोस बट्लरले ३६ रन बनाए । यस्तै, डेभिड बेली २१ रन बनाउँदै क्याच आउट भए । खाता नै नखोली आउट भएका ओपनर जेसन रोयबाट विकेट पतनको श्रृंखला सुरु भयो । एलेक्स हेल्सले खाता खोल्दा आशा गरिएका मोइन अली ब्राभोको सिकार भए ।
 
यी तीनैलाई वेष्ट इन्डिजका कार्लोस ब्रेथवेटले क्याच आउट गरे । ब्रेथवेट इङ्गल्याण्डका लागि महंगो सावित भए । ब्रेथवेट जस्तै, डुवायन ब्राभोले ३ विकेट चट्काए । यस्तै, सुरुवातमा २ विकेट लिएर दबाब सिर्जना गरेका स्यामुएल बद्री समेत इङ्गल्याण्डको उच्च स्कोरको बाधक बने । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ