arrow

वेष्टईन्डिजलाई टि-२० क्रिकेट विश्वकपको उपाधी

logo
प्रकाशित २०७२ चैत २१ आइतबार
WI_Champion.jpg.jpeg
काठमाडौं। भारतमा जारी टि-२० विश्वकपको उपाधी वेष्टईन्डिजले जितेको छ। ईङल्याण्डलाई ४ विकेटले पराजित गर्दै  उपाधी हात पारेको हो। टि-२० विश्वकपमा यो उसको दोस्रो उपाधी हो। मार्लोन स्यामुयल्सको ८५ र अन्तिम ओबरमा कार्लोस ब्राथवेटको लगातार चार छक्काको  पारीले वेष्टईन्डिजले उपाधी हात पारेको हो। 
 
अन्तिम ओभरमा जीतकालगि वेष्टईन्डिजलाई १९ रनको आवश्यक्ता परेकोमा कार्लोस ब्राथवेटले लगातार ४ छक्का प्रहार गर्दै आफ्नो टोलीलाई ट्रफी दिलाएका हुन्। 
 
पहिले ब्याटिङ गरेको ईङल्याण्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। उसकालागि जो रुटले ५४ र जस बटलरले ३६ रन बनाएका थिए। वेष्टईण्डिजका ड्वेयन ब्राभो र कार्लोस ब्राथवेटले ३-३ विकेट लिएका थिए।
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको वेष्ट ईण्डिजले दोस्रो ओभरमा ओपनरद्वय जोन्सन चार्ल्स र क्रिश गेललाई गुमाएको थियो । रुटले आफ्नो पहिलो ओभरमा २ विकेट लिएका थिए। कार्लोस ब्राथवेटको अलराउण्ड प्रदर्शन साथै मार्लोन स्यामुयल्सको सुझबुझ पुर्ण ब्याटिङले वेष्टईण्डिज च्याम्पियन बनेको हो। 
 
फाईनलको प्लेयर अफ दि म्याच मार्लोन स्यामुयल्स घोषित भए भने बारतिय स्टार खेलाडी विराट कोहली प्लेयर अफ दि टोर्नामेन्ट घोषित भए। 
महिला टि-२० विश्वकपको उपाधी पनि वेष्टईन्डिजले नै जितेको छ। अष्ट्रेलियालाई पराजित गर्दै वेष्टईण्डिजले उपाधी हात पारेको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ