arrow

दुई विधेयक स्वीकृत, एक समितिमा

logo
प्रकाशित २०७६ असोज १ बुधबार
parliament1.png

काठमाडौं ।  प्रतिनिधिसभाको बुधबारको दोस्रो बैठकले दुई विधेयक स्वीकृत गर्नाका साथै एउटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । बैठकले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गरेको ‘वातावरण संरक्षण विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । प्रस्तावमाथिको छलफलमा कुनै पनि सांसदले भाग लिएनन् ।

मन्त्री बस्नेतले नै प्रस्तुत गरेको ‘वन विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भयो । प्रस्तावमाथिको छलफलमा भाग लिदै सांसद राजेन्द्रकुमार केसीले ‘हरियो वन नेपालको धन’ भन्ने मान्यतालाई कार्यान्वयन गर्ने व्यवस्था हुन नसकेको बताएका थिए ।

मन्त्री बस्नेतले समृद्धिको माध्यम वन हुनुपर्छ भन्ने सोचका साथ विधेयक ल्याइएको स्पष्ट पारे । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गर्‍यो । प्रतिनिधिसभाको अर्को बैठक असोज २ गते बिहीबार बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद् भवनमा बस्ने गरी स्थगित भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ