arrow

अक्षयलाई मन पराउँथिन् काजोल, खोज्ने क्रममा भेटिए करण जोहर

logo
प्रकाशित २०७६ असोज १ बुधबार
akshay-karan-kajol.jpg

काठमाडौं । भारतीय अभिनेत्री काजोलले आफ्नो निजी जीन्दगीको केही खुलासा गरेकी छिन् । उनी पहिलोपटक कपिल शर्माको शोमा करणसँग पुगेकी थिइन् । यो क्रममा करण जौहारले काजोलको जीन्दगीको एक रोचक कुराको खुलासा गरेका थिए । काजोल एक भारतीय अभिनेतालाई मन पारउँथिन् ।

काजोलको नजरमा परेका अभिनेता हुन्– अक्षयकुमार । करणका अनुसार एक फिल्म प्रिमियरको पार्टीमा काजोल र करणको भेट अक्षयलाई खोज्ने क्रममा भएको थियो । तर, उक्त पार्टीमा अक्षर कुमार भेटिएनन् । त्यसपछि करणसँग काजोलको मित्रता भने बढेको थियो ।

उनले पछि ‘ये दिल्लगी’मा अक्षयसँग काम गरेकी थिइन् । यो फिल्ममा सैफ अली खानको प्रमुख भूमिका थियो । यो फिल्मको ‘देखो जरा देखो’ भन्ने गीत निकै चर्चित भएको थियो । यो गीतमा अक्षय र काजोलले अभिनय गरेका थिए । उक्त शोमा काजोललाई कहिल्यै पनि जन्मदिन याद नहुने करणले खुलासा गरेका थिए ।

करणले मित्रता गाँसिएको ३० वर्ष हुँदासम्म अहिलेसम्म काजोलले सही समयमा जन्मदिनको शुभकामना नदिएको उनको भनाइ छ । काजोल, शाहरुख र करणले धेरै फिल्ममा एकसाथ काम गरेका छन् । यी तीनको बीचमा निकै राम्रो सम्बन्ध छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ