arrow

 गाउँमा सबै विरामी, भाइरलले तीन दिनदेखि विद्यालय बन्द    

logo
प्रकाशित २०७६ असोज २ बिहिबार
Tribeni_Nalagad_Nagarpalika.png

 जाजरकोट । भाइरलका कारण जाजरकोटको नलगाड नगरपालिका– ८ मङ्सिरीस्थित हिमालय प्राथमिक विद्यालय बन्द भएको छ ।     
     
तीन दिनदेखि सबै विद्यार्थी र स्थानीयवासी बिरामी भएपछि विद्यालय बन्द भएको हो । नलगाड नगरपालिकाको स्वास्थ्य संस्थादेखि पाँच घण्टाको पैदल दूरीमा रहेको सो ठाउँ हिमालमा पर्दछ । 

तीन दिनदेखि विद्यालय बन्द भए पनि स्वास्थ्य संस्था नजिक नभएका कारण समस्या भएको प्रधानाध्यापक कमल बोहाराले बताए ।  
     
यता नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले तुरुन्तै स्वास्थ्यकर्मी परिचालन गरिने बताए । गाउँमा सबै बिरामी भएका कारण उपचारमा लैजानुपर्ने विद्यार्थी लैजान नसकिएको स्थानीयवासी कर्णबहादुर पुनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ