arrow

अध्ययन तथा सुझाव संसदीय विशेष समितिको म्याद थप

logo
प्रकाशित २०७६ असोज २ बिहिबार
parliament_of_nepal.png

काठमाडौं ।  प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७ बमोजिम गठित अध्ययन तथा सुझाव संसदीय विशेष समितिको म्याद अर्को अधिवेशनसम्मका लागि थप भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले राखेको म्याद थपसम्बन्धी प्रस्तावलाई  सर्वसम्मतिले अनुमोदन गर्‍यो  ।

बैठकमा प्रतिनिभिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट प्राप्त सन्देशहरु ‘सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयक, २०७५, र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७५’ सन्देशहरु टेबुल गरे।

त्यस्तै प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘औद्योगिक व्यवसाय विधेयक, २०७५” का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ