- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौ । दशै तिहारको अवसर पारेर नेपालका नाम चलेका ठुला जुत्ता चप्पल कम्पनीहरुले काठमाडौको भृकुटीमण्डपको ठूलो चौरमा दशै तिहार जुत्ता चप्पल मेलाको आयोजना गरेका छन् ।
कम्पनीहरूले उल्लेख्य छुट दिएर मेला गरेका छ्न्। त्यसकारण यो मेलालाई अचम्मको अफरको व्यापक चर्चा शुरु भएको छ।
नेपालहरुको महान चाड बडा दशैलाई लक्षित गरि गरि असोज एक गतेदेखि सुरु भएको अचम्मको अफरवाला मेला १७ गते फुलपातिको दिनसम्म रहने छ । नेपालको जुत्तालाई सबै नेपालीहरु माझ पुर्याउने उदेश्यका साथ सुरु गरिएको मेलामा सबै खाले आयस्रोत भएका बर्गलाई मिल्ने गरि आयोजना गरिएको छ। दशैंका दिन नजिकिदै गर्दा मेलामा ग्राहकको घुँईचो बढेको छ। अचम्मको अफरवाला मेलामा १० प्रतिशत देखि ७० प्रतिशत सम्म छुट दिइएको छ। मेलामा एक सय देखि आठ हजार सम्मका जुत्ता चप्पल राखिएका छन् ।
मेलामा जुत्ता खरिद गर्दै गरेका चाबहिलका कृष्ण न्यौपानेले बाहिर भन्दा निकै सस्तो मुल्यमा जुत्ता पाएको बताएI उनी भन्छन् " यहाँ किनेका जुत्ता डुब्लिकेट हुने कुरा पनि आएन र सिधै कम्पनीसँग किन्न पाइने हुदा मुल्य सस्तो पनि हुनेभएकोले यहाँ आएको हु । " सिधै फ्याक्ट्रीबाट खरिद गर्न पाइने हुदा जुत्ता चप्पल डुब्लिकेट नपर्ने र मुल्य पनि निकै सस्तो हुने हुदा ग्राहकको भिड लाग्ने गरेको मेलामा आउनेहरुको भनाइ छ।
स्युचाटारकी श्रद्धा थापाले दशैं तिहार जस्ता चाडको अघि आकर्षक अफर सहित गरिएको मेलाबाट आफूहरू जस्ता उपभोक्ताको मन नै लोभ्याउने बताइन। त्यसो भन्दै गर्दा उनको हातमा आफू र परिवारका लागि तीन जोर जुत्ता चप्पल थियो।
इभेन्ट मेनेजमेन्टको आयोजनामा नेपालका नाम चलेका कम्पनीहरु शिखर सु, रन सु, बि एफ डियर हिल र शु ल्यान्ड कम्पनीहरुको सहभागीतामा मेलाको आयोजना गरिएको रन सु का संचालक रुद्र न्यौपानेले जानकारी दिए। महिला पुरुषका विभिन्न प्रकारका नेपाल बनेका जुत्ता चप्पल पाइने उक्त मेलामा एक सय देखि आठ हजार सम्मका जुत्ता चप्पल पाइने बि एफ डियर हिलका संचालक होमनाथ उपाध्यायले जानकारी दिए ।
दशैको मुखैमा आयोजना भएको र ग्राहकहरुलाई पार्किङको समेत प्रशस्तै ब्यबस्था मिलाइएको हुदा जुत्ता चप्पल किन्न जानेको भिड भृकुटीमण्डपको ठूलो चौरमा देख्न सकिन्छ । दशैको बेलामा सबै जुत्ता चप्पल एकै ठाउँमा पाइयो भन्दै मेलाको आयोजना गरिएको सु ल्यान्डका चिरन केशीले जानकारी दिए ।
नेपाललाई आत्मनिर्भर बनाउदै नेपाली समानहरुलाई बिदेशसम्म चिनाउन विगत २०/२५ बर्षदेखि संघर्ष गर्दै आएका कम्पनीहरुको यो ब्यापार मेलालाई उपभोक्ताले यसअघीका मेलामा झै माया दिएको स्टल राखेका कम्पनीहरूको भनाइ छ।
‘नेपाली जुत्ता चप्पल लाई सबै नेपाली माझ पुर्याउछौ’
होमनाथ उपाध्याय, बि एफ डियर हिल
हामी सम्पुर्ण नेपालीहरुलाई नेपाली ब्रान्डका जुत्ता चप्पल पुर्याउने उदेश्यका साथ लागि परेका छौ । त्यसैले बिदेशका विभिन्न महँगा जुत्ता चप्पलको क्वालिटी भन्दा गुणस्तर र नेपालको माटो सुहाउँदो जुत्ता चप्पलहरु उत्पादन गरेका छौ। नेपालको खाल्डाखुल्डी र पहाडको बाटोलाई समेत उपयुक्त हुने गरि जुत्ता चप्पल उत्पादन गरिने हुदा नेपालमा बनेका जुत्ता चप्पल निकै टिकाउ र भरपर्दो हुन्छ । सस्तो र सुपथ मुल्यमा जुत्ता चप्पल ग्राहक माझ पुर्याउने हाम्रो प्रमुख उदेश्य हो ।
‘नेपालको अर्थतन्त्रमा टेवा पुग्नेगरी काम गरेका छौ’
रुद्र न्यौपाने, रन सु
अब नेपालमा जुत्ता चप्पल मात्रै होइन अरुपनि नेपाली कम्पनीहरु खुल्नुपर्छ । जसले गर्दा नेपालको अर्थतन्त्रमा टेवा पुग्छ । हामीले उत्पादन गर्दै गरेका यी कम्पनीहरुले नेपालको अर्थतन्त्रमा केही टेवा पुगे पनि नेपाल ब्यापार घाटा भने कम हुन सकेको छैन । त्यसैले अब प्रत्येक नेपालीले नेपाली उत्पादनमा जोड दिने हो भने पक्कै पनि नेपाल अर्थतन्त्रमा निकै टेवा पुग्ने देखिन्छ जसको सुरुवात हामिले गरेका छौ ।