arrow

दोस्रो स्थानमा रहेको सिटीसँग वोर्नमाउथको अंक बराबरी

logo
प्रकाशित २०७६ असोज ४ शनिबार
epl1.jpg

काठमाडौं । ईङलिश प्रिमियर लिगमा वोर्नमाउथ अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ। साउथ्याम्पटनलई ३-१ गोलले पराजित गर्दै वोर्नमाउथ माथि उक्लिएको हो।

वोर्नमाउथको ६ खेलमा १० अंक रहेको छ भने पहिलो स्थानम लिवरपुलको ५ खेलमा १५ अंक रहेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५ खेलमा १० अंक रहेको छ।

नाथन एकेले १० औ मिनेटमा गोल गर्दै वोर्नमाउथलाई सुरुवाती अग्रता दिलाएका थिए ।डिएगो रिकोको कर्नरलाई सदुपयोग गर्दै उनले हेडमार्फत गोल गरेका थिए । त्यसैगरी ह्यारी विल्सनले ३५ औ मिनेटमा अग्रतालाई दोब्बर बनाए ।

news

जेम्स वार्ड प्राउसले ५३ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु टोली साउथह्याम्टनको गोल अन्तर घटाउन सफल भएका थिए ।

कालुम विल्सनले ईन्जुरी समयमा गोल गर्दै वर्नमाउथको जित सुनिश्चित गरेका थिए ।

वोर्नमाउथ ६ खेलबाट १० अंक बनाएर तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने साउथह्याम्टन ७ अंकसहित ११ औ स्थानमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ