arrow

मादक मिलनको जादुमा राजनको रंग

logo
प्रकाशित २०७६ असोज ४ शनिबार
milan-newar.jpg

काठमाडौं। नेपाली सांगितिक क्षेत्रमा अलग पहिचान बनाइसकेकी मिलन नेवारको मादक जादुमयी स्वरको प्रभाव बढिरहेको छ। बिक्नेसँगै टिक्ने गीतमा पनि उत्तीकै स्वर दिएकी मिलन आधुनिक, लोक र चलचित्र सबै गीतलाई न्याय गरेर गाउने क्षमता राख्छिन।

हालै उनको स्वरमा एक नयाँ गीतको म्युजिक सार्वजनिक भएको छ। मिलन २ एल्वममा समावेश देउन मलाई बास बोलको गीतमा उनको मादक स्वर मात्र नभइ लठ्ठयाउने अभिनय पनि देख्न सकिन्छ। उत्सव दाहालले सुन्दर दृश्यहरु कैद गरेको भिडियो आँखालाई नबिजाउने गरि अघी बढ्दा बढ्दै सकिन्छ।

डा राजाबाबु श्रेष्ठको शब्दलाई संगितकार राजनराज शिवाकोटीले उत्कृष्ट संगीत दिएका छन्। संगीत संयोजन भने सञ्जिव वराईलीले गरेका छन्। प्रेमिल भावको यस गीतलाई सोहि अनुसार राजेश पुमा राईले मिलनमा प्रयोग गरेको देखिन्छ। कलकल वग्दै गरेको खोलाको बिचैमा पियानो बजाउँदै गरेकी मिलन अत्यन्तै सुन्दर र आकर्षक देखिन्छिन। 

सुमधुर स्वरमा खुलेर गीत गाएकी मिलन अभिनयमा पनि खुलेकी छिन्। चल्तिका गीतहरु झै हल्लाखल्ला गर्दै वजार तताउने अहिले नै भन्न नसकिए पनि यो गीतले मिलनलाई लामोसमयसम्म कालजयी बनाउने छ।यसअघीका जहिलेसम्म संसारमा रहन्छन घाम जुन र गाला रातै गाला रातै भन्ने गीतले झै मिलनलाई देउन मलाई वासले पनि नयाँ उचाईमा लैजाने संगीत मर्मज्ञहरु लख काट्छन।    

विगत ८ वर्षदेखि सांगितिक क्षेत्रमा रमाउँदै आएकी मिलन स्तरीय गीत संगीत कोइलाखानीको हिराको रुपमा हुने बताउँछिन। जतिसुकै कालो कोइलाले छेकेपनि निस्केपछि सबैलाई आश्चर्य पार्छ उनले भनिन।मिलन नेवार र राजनराज शिवाकोटी मिरा साँझ लिएर देश विदेश समेत कार्यक्रम गर्दै आएका छन्। सांगितिक रुपमा उनीहरुको जोडी जमेको पनि देखिन्छ। यो गीतमा पनि मिलनको मादक स्वर र रुपमा राजनको रंगले काम गरेको जानकारहरु बताउँछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ