arrow

हामी कहिल्यै कश्मीर फर्किँदैनौं, किनकी हामी सक्दैनौं

logo
प्रियान्का माट्टू,
प्रकाशित २०७६ असोज ४ शनिबार
jambu-kasmir.jpg

एजेन्सी। हाम्रो बिदा सामान्य भन्दा निकै फरक हुन्छ। प्रायः जसो तीन साताको बिदा हामी सधैं भाडाको घरमा मनाउँछौं। कहिल्यै पनि कुनै होटलमा जाँदैनौं । हामीहरु आफ्नो स्वामित्वमा रहेको स्थानमा बस्छौं र हामीसँग सधैं खरीद गरेको स्थान नै हुन्छ । त्यहाँ हामी किराना पसल, खेलौना पसल र स्थानीय पुस्तकालयलगायतका स्थान चाहार्छौं । साथै हामीले खेल्ने चौर, बच्चाहरुको कक्षा, केही साथी बनाउने र खेल्ने पनि व्यवस्था मिलाउँछौं ।  

लेखिका आफ्नो घर जहाँ गयो त्यसैलाई बनाउने प्रयास गर्छिन्। कश्मीरको विषयमा चलेको युद्धमा उनले आफ्नो घर गुमाएकी थिइन्। त्यसैले उनी आफू पुगेको स्थानलाई आफ्नो घर मान्ने गर्छिन्।

मैले आफ्नो अनुसन्धानको समयमा बनाएको गूगल म्याप, कलर–कोडेड, लेयर्ड र इन्ट्रिकेट थियो । हामीले ग्रीसदेखि जापानसम्मका सबैजसो स्थानमा अस्थायी बसोवासको तय गरेका थियौं । हाम्रो अन्तिम यात्रा अमेरिकाको हवाईस्थित ओआहुमा थियो । यहाँ हामीले पाँच किराना पसल, कपडा लोड गर्ने र बाँकी बचेको समय भाँडा माज्ने काम गरेका थियौं । हामी जहाँ बसेका थियौं, त्यहाँ खासै राम्रो सुविधा थिएन, एयर कन्डिसन र लिफ्टको समेत राम्रो सुविधा थिएन । 

कुनै पनि स्थानमा राम्रोसँग बस्नसक्ने हाम्रो अवस्था थिएन । सो अवधिमा मलाई आफ्ना बच्चाहरुलाई कुनै किसिमको द्विविधाबाट बाहिर ल्याउनुपर्ने दबाब थियो । जहाँ भएपनि उनीहरुलाई सुरक्षित, सम्पन्न र खानाको आवश्यकता पूरा गर्नु मेरो कर्तव्य थियो । 

मलाई होटलमा बस्न मन नलाग्नुको कारण आफूलाई धेरै स्थानमा घुमिरहनु हो जस्तो लाग्छ । भ्रमणको क्रममा मैले धेरै स्थानमा बसेको छु । धेरै स्थानमा घुमिरहने भएकोले मैले कति स्थानमा घुमेँ भन्ने पनि भुलिसकेँ । मेरो जन्म भारतमा भएको हो। त्यसपछि म बेलायत, साउदी अरेयिबा, न्युयोर्कमा काम गरेँ । त्यसपछि मैले पुराना कपडा घरघरबाट उठाउने काम पाएँ । यो समयमा मेरो पढाइ पनि चल्दै थियो । त्यसका साथै थप समय मैले इटाली र अहिले लस एन्जल्सको पाँच स्थानमा यो काम गर्दै आएको छु । 

मैले यस किसिमको कामका लागि उल्लेख्य समय ओभरटाइम काम पनि गरेको छु। होटलहरु मलाई बसोवासका लागि स्थायी बसोवासका लागि उपयुक्त हुँदैन जस्तो लाग्छ । त्यसका साथै होटलमा बस्नु चिन्ताजनक हुन्छ । अहिले मेरा दुई सन्तान छन् । उनीहरु मसँग निकै जोडिएका छन् । 

मेरो पछिल्लो भ्रमणले भने मलाई मेरो कुनै आवास छैन । तर, म घरमा नै बस्छु भन्ने कुराको महशुस गराइदिएको छ । मैले विभिन्न स्थानमा बस्नका लागि संघर्ष गरिरहेको भए पनि अझै पनि कश्मीर संकटको क्रममा मैले गुमाएको घरको विषयमा सोचिरहेको छु । म एक हिन्दूको रुपमा कश्मीरमा जन्मिएको हुँ । हजारौं वर्षदेखि मेरा सबै परिवार हिन्दू थिए ।

मेरा अभिभावकहरु सबै कामको अवसरको लागि सन् १९८० को दशकमा विदेश जानुभयो । उनीहरु पैसा जम्मा गरेर श्रीनगरमा घर बनाउन चाहन्थे । हामीले वर्षमा चारदेखि पाँच महीना कश्मीरमा बिताउँथ्यौं । मेरो जन्म पनि श्रीनगरको केन्द्रका हब्बा कदालमा भएको हो । त्यहाँ धेरै काठले बनाइएका घर छन् भने निकै साना गल्लीहरु छन् । 

मेरा अभिभावकले पछि नातिपोरा क्षेत्रमा नयाँ घर बनाउनुभएको थियो । त्यतिबेला कश्मीरको हावापानी निकै लोभलाग्दो थियो । त्यतिबेलाको अवस्था हेर्दा ती घरमा सकेसम्म छिटै फर्किन पाए हुन्थ्यो भन्नेमा हामी निकै उत्साहित थियौं । तर, समयसँगै त्यहाँको अवस्था पनि बदलियो । त्यतिबेला म घरको आठ नातिनातिना मध्येको सबैभन्दा जेठो थिएँ । त्यतिबेलाको मेरो घर कस्तो थियो भन्ने कुरा म नक्सामा पनि उतार्न सक्छु । मेरो दुवै घरको नक्सा मलाई राम्रोसँग थाहा छ । घरको माथिल्लो तलामा चढ्नका लागि गुप्त सुरुङ थियो । म घरका ठूला पर्दाले आफूलाई बेरेर बस्ने गथेँ ।  

साँझको समयमा मलाई सधैं मेरी आमाले अबेरसम्म नखेल्न सचेत गराउनुहुन्थ्यो । जंगली जनावरको ठूलो डर मनमा रहने गरेको थियो । एकदिन मैले आफू सुतिरहेको अवस्थामा नजिकै भालु नाचिरहेको देखेको थिएँ । यो कुरा कसैले पनि पत्याउँदैनन् तर वास्तवमा नै यो घटना घटेको थियो । 

एकपटक मेरो पहालगामको वनभोजबाट मैले आफ्नो गाउँलाई नजिकैबाट नियाल्ने मौका पाएको थियो । मेरो गाउँ कुनै पनि बलिउड फिल्ममा देखाइएको दृश्यभन्दा कम्तीको थिएन । हिमालय क्षेत्रमा रहेको मेरो गाउँबाट देखिने दृश्य साँच्चै नै लोभलाग्दो थियो । त्यसैले सबै मानिसहरुले यसलाई यति सुन्दर क्षेत्रको रुपमा व्याख्या गर्दै आएका छन् । यसलाई पृथ्वीको स्वर्गको उपमा दिइन्छ । यो कुनै बढाइचढाइ गरिएको कुरा होइन । यसको वास्तविकता नै निकै सुन्दर छ । मलाई यो विश्वको सबैभन्दा आनन्ददायक स्थान हो भन्ने लाग्थ्यो । 

म नौ वर्षको हुँदा कश्मीरीहरुको जनजीवन निकै कठिन बन्न पुग्यो । मेरा अभिभावकको पुस्ताले दुईपटक कश्मीरमा भारत–पाकिस्तान युद्ध देखे । भारतीय नियमको विरुद्धमा यो क्षेत्रमा युद्ध भड्किएको थियो । साथै सन् १९८९–९० मा व्यापक सैन्यकरण भयो । हिंसा भड्किएसँगै कश्मीरका हिन्दू पण्डित चरमपन्थीको निशानामा पर्थे । यसले हामीलाई निकै ठूलो त्रासको सृजना गथ्र्यो । यो अवस्था सहन नसकी हामीहरुले एकदिन मध्यरातमा उक्त समुदाय छाडेर हामी विस्थापित भयौं । मैले यो सबै अवस्था विना कुनै भावना राम्रोसँग बुझेको थिएँ । किनकी म त्यतिबेला सानै थिए । त्यसैले म रोइनँ ।

हामी सन् १९८९ को अगष्टमा अन्तिमपटक आफ्नो घरमा बसिरहेका थियौं । सायद अहिले त्यो घर रबरको थुप्रोले पुरिइसकेको छ होला । हाम्रो घरको छानो चरमपन्थीले आगो लगाइदिएका थिए । त्यसपछि जीवनभर मैले आफ्ना अभिभावकसँगको कुराकानीमा कहिले पनि त्यहाँको नयाँ जानकारीको लागि सोधिनँ । म उक्त क्षेत्रको बारेमा जान्न चाहन्नथेँ र यस विषयमा कुरा गर्न पनि चाहन्नथेँ। अहिले मैले सुनेअनुसार मेरो प्रिय मतामाल क्षेत्र अहिले प्रविधि व्यापारको केन्द्र बनेको छ । अहिले यो लेखिरहँदा पनि मेरा हृदयमा चस्का परेको छ । अहिले म आफनो घरको नक्सा मेरो दिमागमा बनाइरहेको हुन्छु । 

पछिल्लो ३० वर्षदेखि म आफ्नो दिमागमा घरको प्रत्येक कोठासहितको नक्सा बनाइरहेको छु । किनकी म आफ्नो घर फिर्ता जान सक्दिनँ । त्यसैले म जहाँ जान्छु त्यहीँ आफ्नो घर बनाउन चाहन्छु । त्यतिबेलाको समयको खुसी अहिले म आफ्नो दिमागमा पाउन खोज्छु । म जहाँ जान्छु त्यहाँ आफूले कश्मीरी घरको परिकल्पना गर्ने गर्छु । यसले मलाई आफूले थोरै मात्र गुमाएको आभाष हुन्छ । 

हामी त्यसपछि कहिले पनि कश्मीर गएका छैनौं । हामी विभिन्न ठाउँमा सर्दै हिँडिरहेका छौं । तर, भारतमा पनि गर्मीयामको मौसम आइनै रहेको छ, जुन मौसममा म उक्त ठाउँमा निकै रमाइलो अनुभव गर्थेँ । हामीले आफ्नो घर गुमाएपछि सन् १९९० को गर्मीयाम दिल्लीमा मनाउने निर्णय गरेका थियौं । त्यतिबेला हामीले होटलको सट्टामा रुम भाडामा लिएर गर्मीयाम मनाएका थियौं । 

अहिले त्यसको तुलनामा समय धेरै परिवर्तन भइसकेको छ । तर, सो क्षेत्रका धेरै मानिसले मेरोजस्तो नियती भोगिरहेका छन् । यस्तोमा के हामी फेरि हाम्रो घर फर्किन सक्छौं ? यो प्रश्नको उत्तरका लागि मैले कश्मीरको विषयमा छलफल गर्न छाडिसकेँ । म यो विषयमा राजनीतिक होस् वा ऐतिहासिक दुवै पक्षमा संलग्न छैन । मलाई यो सबै थाहा छ, मलाई यो ठाउँ निकै मन पनि पर्छ । तर, अहिले म यहाँ छु । (न्यूयोर्क टाइम्सबाट)

(माट्टू लेखिका तथा फिल्म निर्माता हुन्।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ