arrow

विश्वका शक्तिशाली व्यक्तिले कालो धनलाई सेतो बनाउन प्रयोग गरेका गोप्य दस्तावेज सार्वजनिक

logo
प्रकाशित २०७२ चैत २२ सोमबार
panama-papers.jpg.jpeg
एजेन्सी । विश्वका शक्तिशाली व्यक्तिहरुले अपनाउने कर छलीको तरिका र सम्पत्ति लुकाउनेबारे कम्तिमा पनि ११ मिलियन गोप्य दस्तावेज सार्वजनिक भएका छन् । जसले ठूला र शक्तिशाली व्यक्तिको कर छलिको पर्दाफास भएको छ । पानामाको एउटा अति गोप्य कानुनी फर्म मोस्याक फोन्सेकासंग भएका दस्तावेज सार्वजनिक भएपछि यस विषयको सतही चर्चा भएको हो । सो ल फर्मले कालो धनलाई सेतो बनाउन, कर र विभिन्न प्रतिबन्धहरु छल्न आफ्ना सेवाग्राहीलाई सहयोग गरेको खुलेको छ । 
 
कम्पनिले भनेको छ –‘आफूले ४० वर्षभन्दा बढी समयसम्म विवादरहित ढंगले काम गरेको र कहिल्यै फौजदारी आरोपको सामना गर्नु परेको छैन ।’गोप्य दस्तावेजमा बहालवाला वा पूर्व गरी ७२ जना राष्ट्रप्रमुख संलग्न रहेका बताइएको छ । जसमध्ये कतिपय तानाशाहलाई आफ्नो देशको स्रोत साधनमाथि अनियमितता गरेको आरोप समेत लागेको छ । अघोषित व्याज आफ्नी पत्नीको धनसंग जोडेका आइसल्याड प्रधानमन्त्रीले आफ्नो राजीनामाको सामना गरिरहेका छन् ।  
 
फाइलमा उल्लेख भए अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्बद्ध एउटा रुसी बैंकले अर्बौं डलर बराबरको अवैध धन वैध बनाउने सञ्जाल चलाएको छ । जो संजालमा पुटिनका निकटतम सहयोगिहरु जोडिएका छन् ।  रुसी बैंक क्राइमिया रुसमा विलय भए पश्चात अमेरिका र यूरोपीन युनियनको प्रतिबन्धको घेरामा छ ।
 
एउटा जर्मन अखबारले उक्त दस्तावेजबाट मोस्याक फोन्सेकाले विश्वभरका धेरै मानिसहरुलाई समुद्रपारी कर छल्न सहज हुने ठाउँमा कम्पनी स्थापना गर्न सघाएको उल्लेख गरेको छ । खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संघ (आइसीआइजे) का निर्देशक जेरार्ड रेलीले ४० वर्षको अवधिमा मोस्याक फोन्सेले दैनिक बारोबारको विवरण संकलन गरेको बताएका छन् । उनले यो सबै भन्दा ठूलो झट्का भनेका छन् । 
British Virgin Islands
 
मोस्याक फोन्सेकासँग सम्बन्धित गोप्य दस्तावेज बाहिर आउनुबाट ६ साताअघि मात्र नयाँ अध्यक्ष पाएको विश्व फुटबलको सर्वोच्च निकाय फिफा फेरि अर्को बेइज्जतीमा परेको छ । निर्वाचित भए लगत्तै अध्यक्ष जिआनी इन्फान्टिनोले संकटमा रहेको फिफाभित्रको अनियमितता हटाउने प्रतिबद्धता जनाएका थिए । 
 
फिफाको आचार समितिका एक महत्वपूर्ण सदस्य उरुग्वेका वकिल हुआन पर्दो डामिआनी पनि अनुसन्धानको घेरामा परेका छन् । जसबारे भ्रष्टाचारको आरोपमा पक्राउ परेका फिफाका पूर्व उपाध्यक्ष अयूखेनियो फिग्रेडोसँग सम्बन्ध रहेको विषयमा अमेरिकाले अनुसन्धान गरिरहेको छ ।
 
गत मे महिनामा स्वीट्जरल्याण्डको ज्यूरीचबाट फिग्रेडो स्वीस प्रहरीको फन्दामा परेका थिए । गोप्य दस्तावेजबाट फिग्रेडोसँग सम्बन्धित कम्तिमा ७ वटा कम्पनीलाई डामिआनी र उनको ल फर्मले कानुनी सहायता उपलब्ध गराएको बुझिएको छ । डामिआनीले भने त्यसबारे प्रतिक्रिया दिन मानेका छैनन् । यस्तै, दस्तावेज अनुसार इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारक, लिबियाको पूर्व नेता मुअम्मर गद्दाफी र सिरियाका राष्ट्रपति बशार अल आसादका सहयोगीसंग जोडिएका कम्पनीहरु समेत संलग्न छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ