arrow

मेस्सी खेलेको खेलमा बार्सिलोनाको बिजोग, यस्तो छ शनिबारको नतिजा

logo
प्रकाशित २०७६ असोज ५ आइतबार
leonel-messi.jpg

काठमाडौं । स्पेनिश लिग ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले कमजोर प्रदर्शन गरेको छ । शनिबार राति भएको खेलमा बार्सिलोना ग्रानाडासंग २–० गोल अन्तरले पराजित भएको हो ।

The Spaniard blasted home the spot kick, sending Marc-Andre ter Stegen the wrong way

घरेलु मैदानमा ग्रानाडाले दोस्रो मिनेटमा रोमन अजिजको हेड गोलबाट अग्रता लिएको थियो । ६६ औ मिनेटमा अल्भारो भाडिलोले पेनाल्टीमा गोल गरेका थिए । 

लियोनल मेस्सी समेत खेलेको खेलमा बार्सिलोनाले बिजोग खेलेको हो । बार्सिलोनाले जारी सिजनमा निकै खराव प्रदर्शन गर्दै आएको छ । 

शनिबार रातिका खेलको परिणाम
भिल्लारियल २–० रियाल भल्लाडोलिड
लेभान्ते ०–० आइबर
एथलेटिको मड्रिड ०–० सेल्टाभिगो

अंक तालिका 
ग्रानाडा, सेभिया र एथलेटिको मड्रिड समान १०–१० अंकबाट शीर्ष तीन स्थानमा रहेका छन् । 

भिल्लारियल, रियाल मड्रिड र एथलेटिक बिलबाओको समान ८–८ अंक रहेको छ । बार्सिलोना, लेभान्ते, ओसासुना र रियाल सोसिडाडको समान ७–७ अंक रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ