arrow

धनकुटाको शिक्षा क्षेत्रमा पुरै राजनीतिक हस्तक्षेप

logo
प्रकाशित २०७६ असोज ५ आइतबार
teacher1.JPG

धनकुटा । धनकुटाको शिक्षा क्षेत्रमा पुरै राजनैतिक हस्तक्षेप भएको धनकुटामा नेपाल शिक्षक संघ धनकुटाद्धारा आयोजित बधाई तथा शुभ कामना कार्यक्रमका वक्ताहरुले बताएका छन् । 

आन्तरिक तथा खुल्ला शिक्षा सेवा परिक्षामा मावि, निमावि र प्रावि तहको शिक्षकमा उत्तिर्ण गरी स्थायी शिक्षकको रुपमा शिक्षा सेवा प्रवेश गरेका धनकुटा जिल्लाका शिक्षकहरुलाई नेपाल शिक्षक संघ धनकुटाको तर्फबाट आयोजना गरेको बधाई ज्ञापन गर्दै नेपाल शिक्षक संघका केन्द्रिय सदस्य बलराम भट्टराईले शिक्षा क्षेत्रमा आमुल परिवर्तन आवश्यक रहेको बताए ।  

नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले शिक्षकहरुलाई स्वागत गर्दै संघिय संसद र प्रदेश संसदले शिक्षा ऐन निर्माण नगरेको अवस्थामा स्थानीय तहले शिक्षकहरुलाई प्रतिकुल हुने गरी शिक्षा ऐन बनाएर राजनैतिक हस्तक्षेप गरी धनकुटाका शिक्षकहरुलाई विभेद गरिरहेकोले यसको प्रतिकार गर्दै कानुनी उपचारको बाटोमा समेत जाने बताए ।

नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्रबहादुर लिम्बुको अध्यक्षतमा भएको बधाई तथा शुभ कामना कार्यक्रममा नेपाल शिक्षक संघ १ नम्वर प्रदेश कार्यसमितिका उपाध्यक्ष गंगाराम ढुंगाना, प्रदेश अर्थ महासचिव राम कुमारी भण्डारी, अखिल नेपाल शिक्षक संगठनका १ नम्वर प्रदेश महासचिव मदन अधिकारी, नेपाल पत्रकार महासंघ धनकुटका उपाध्यक्ष नगेन्द्र राई, गोकुण्डेश्वर माविका सहायक प्रधानाध्यापक लक्ष्मी सापकोटा, त्रिवेणी माविका सहायक प्रधानाध्यापक दिपक पोखरेल, नेपाल शिक्षक संघ धनकुटा नगर कार्य समितिका अध्यक्ष रामबहादुर श्रेष्ठ, महालक्ष्मी नगर कार्य समितिका अध्यक्ष चकेन्द्र वस्नेत, सागुरीगढी गाउँपालिका कार्य समितिका अध्यक्ष कुलप्रसाद दाहाल लगायतले शिक्षक सेवामा प्रवेश गरेका नव नियुक्त स्थायी शिक्षकहरुलाई बधाई तथा शुभकामना दिदै शिक्षालाई उत्पादन मुलुक बनाउनु पर्नेमा जोड दिए ।

नेपाल शिक्षक संघ धनकुटाका उपाध्यक्ष टिकाराम श्रेष्ठले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा शिक्षक सेवामा प्रवेश गरेका नव नियुक्त स्थायी शिक्षकहरु दिलकुमारी राई, सजना जोशी, उत्र राई, द्धारिका रिजाल, दिल कुमारी मादेन, दिपेन्द्र कुमार यादव लगायतका शिक्षकहरुले बधाई तथा शुभकामना कार्यक्रम गरी शुभकामना तथा बधाई ज्ञापन गरेकोमा नेपाल शिक्षक संघलाई धन्यवाद दिदै शिक्षक संग सम्वन्धित अरु संघ संगठनहरुले पनि नेपाल शिक्षक संघ संग पाठ सिक्नु पर्ने बताए । 

आन्तरिक तथा खुल्ला परीक्षामा मावि, निमावि र प्रावि तहको शिक्षकमा उत्तीर्ण गरी स्थायी शिक्षकको रुपमा शिक्षा सेवा प्रवेश गरेका धनकुटा जिल्लाका शिक्षकहरुलाई नेपाल शिक्षक संघका केन्द्रिय सदस्य बलाराम भट्टराई, नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्रबहादुर लिम्बु लगायत खादा माला तथा टिका लगाई दिई बधाई तथा शुभकामना दिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ