arrow

लेस्टरलाई उपाधि रक्षाको मार्ग प्रशस्त, म्यानयु लयमा आयो

logo
प्रकाशित २०७२ चैत २२ सोमबार
EPL-leicester.jpg.jpeg
एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थान कब्जा गरेको लेस्टर सिटीले उपाधि रक्षाको दाऊ बलियो बनाएको छ । आइतबार रातिको जितसंगै लेस्टरकोले दोस्रो स्थानको टोटनह्यामसंग ७ अंकको अग्रता लिएको छ । 
 
आइतबार राती घरेलु मैदामा लेस्टरले साउथह्याम्पटनलाई १–० ले हरायो । लेस्टरलार्ए विजयी गराउन वेस मोर्गनले ३८औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । आक्रामक खेलमा साउथह्याम्पटन भने गोल विहिन रहयो । यस्तै, पछिल्लो समय लयमा फर्किएको म्यान्चेस्टर युनाइटेडले एभर्टनविरुद्ध १–०को जित निकाल्यो । म्यानयुलाई विजयी गराउन एन्टोनी मार्सलले ५४औं मिनेटमा निर्णायक गोल गरे ।
 
यो जितसंगै म्यानयु ५३ अंक बटुल्दै पाँचौ स्थानमा आएको छ । शनिबार राति आर्सनल जित्दा दोस्रो स्थानको टोटनह्याम लिभरपुलसंग बराबरीमा रोकिएपछि लेस्टरलाई अंक दुरी फराकिलो पार्न राहत भयो । लिगमा ३२ खेलबाट ६९ अंक जोडेको लेस्टर सिटी शीर्ष स्थानमा छ । समान खेलबाट ६२ अंक जोडेको टोटनह्याम हट्सपर दोस्रो तथा एक खेल कम खेलेको आर्सनल ५८ अंकसहित तेस्रो स्थानमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ