arrow

भुटानसँग पराजित हुँदा नेपालको सेमीफाईनल यात्राको संभावना न्युन

logo
प्रकाशित २०७६ असोज ५ आइतबार
u-18-football.jpg

काठमाडौं । नेपालले भुटान बिरुद्धको खेलमा हार्छ भनेर सोच्न नसकिने अवस्थाबाट भुटानले नेपाललाई पराजित गर्‍यो भन्ने हेर्न पाईएको छ।

नेपालको घरेलु मैदानमा भुटानले नेपाललाई ३-० गोलले पराजित गरो छ। नेपालमा जारी यु-१८ साफ च्याम्पियनशीप फुटबलको समुह चरणको खेलमा नेपाल भुटानसँग पराजित भएको हो।

यो जितसँगै भुटानले सेमीफाईनलको यात्रा तय गरेको छ। नेपालले पहिलो खेलमा मालदिव्ससँग १-१ गोलको बराबरी नतिजामा चित्त बुझाएको थियो। भुटानले माल्दिव्सलाई ३ गोल भन्दा बढिको अन्तरले पराजित गरेमा नेपालको सेमीफाईनल पुग्ने संभावना रहन्छ।

हलचोकस्थित सशस्त्रको खेल मैदानमा भुटानको जितमा येशी दोर्जी, केल्जाङ जिम्मी र कर्मा सोनामले गोल गरे । ३७ औं मिनेटमा येशीले भुटानलाई अग्रता दिलाएका थिए  । उनले डिफेन्डरलाई छक्याउँदै दोस्रो पटक प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।

पहिलो हाफमा १–० ले पछि परेको नेपाल दोस्रो हाफमा २ गोलको शिकार भयो । ८६ औं मिनेटमा केल्जाङ जिम्मीले भुटानको अग्रता दोब्बर बनाउँदा कर्मा सोनामले अन्तिम मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीको जित पक्का गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ