arrow

विराट कोहली र रोहित शर्माबीच चलिरहेछ यस्तो टकराव

logo
प्रकाशित २०७६ असोज ५ आइतबार
koholi-sharma.jpg

काठमाडौं । भारतीय क्रिकेट टोलीमा विराट कोहली र रोहित शर्माको बीचको विवादले चर्चा बटुल्ने गरेको छ  । स्पष्टरुपमा उनीहरुको बीचमा विवाद देखिँदै आएको छ । तर पछिल्‍लो समय भारतीय क्रिकेट टीमका कप्तान कोहली र उप कप्तान शर्मा बीच मैदानमा टकराव चलिरहेको हो । उनीहरुबीचको टकराव ट्वान्टी २० क्रिकेटमा सबैभन्दा राम्रो ब्याट्सम्यान को बन्ने भन्ने हो । यसको  निर्णय गर्न गाह्रो छ तर रनको हिसाबले दुईबीच प्रतिस्पर्धा चलिरहेको छ ।

दक्षिण अफ्रिका बिरूद्ध मोहालीमा खेलेको शृंखलाको दोस्रो टी २० टिममा विराट कोहलीले अर्धशतक बनाएर रोहित शर्मालाई  पछाडि छोडिदिएका थिए । अब रोहित बेंगलुरु टी २० मा फेरि आफु अघि बढाउन चाहन्छन्। रोहित र विराटबीच ७ रनको मात्र अन्तर छ, जुन भारतीय ओपनरले घटाएर कम गर्न सक्छन्।

टीमको ओपनर भएका कारण रोहित शर्मासँग विराट कोहलीलाई पछाडि छोड्ने राम्रो मौका छ। यदि रोहित दक्षिण अफ्रीकाको बिरूद्ध रहे भने यो निश्चित छ कि उनले सजिल्यै विराटलाई पछाडि छोडिदिनेछन्।

 शिखर धवनले दोस्रो खेलमा राम्रो ब्याटि गरेका थिए, यसैले यदि भारतीय ओपनिंग जोडी मैदानमा रह्यो भने विराटको ब्याटिङको सम्भावना अन्तिम ओभरमा नआउन सक्ने सम्भावना देखिन्छ ।

यस समयमा टी -२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानमा  विराट कोहली २४४१ रनको साथ पहिलो स्थानमा छन् भने रोहित २४३४ रनको साथ दोस्रो स्थानमा छन्।

तेस्रो स्थानमा रहेको न्युजील्यान्डका मार्टिन गुप्टिल यी दुवै ब्याट्सम्यान भन्दा पछि छन्। गुप्टिलको २२८३ रन बनाएका छन् । 

विराट कोहलीले रोहित शर्मासँग मनमुटाव र विवादको समाचार गलत रहेको बताउदै आएका छन् । यदि टोलीका कुनै सदस्यलाई आफूले मन नपराउने तथा कुनै विवाद हुने गरेको भए त्यस किसिमको विवाद टोलीमा स्पष्ट देखिने उनको भनाइ छ । उनले रोहित शर्मा राम्रो खेलाडी रहेको भन्दै सधैं उनको प्रशंसा गर्दै आएको पनि बताएका थिए ।

यस विषयमा रोहितले भने आधिकारिक रुपमा केही प्रतिक्रिया दिएका छैनन् । तर, भारतीय क्रिकेटमा विवादको घटना कुनै नौलो भने होइन ।

विश्वकपको सेमिफाइनलमा न्युजिल्याण्डसँग हारेसँगै भारतको विषयमा विभिन्न किसिमको समाचार आए । विश्वकपमा कोहली र रवि शास्त्रीको फैसलाबाट केही खेलाडी असन्तुष्ट देखिएका थिए । यसै बीच सेमिफाइनलमा हारेसँगै रोहित शर्माको पक्षका खेलाडीले कोहलीलाई कप्तानीबाट हटाउनुपर्ने माग गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ