arrow

नेयमारको हिरोगिरी चल्यो, एकमात्र गोलमा जित्यो पीएसजीले  

logo
प्रकाशित २०७६ असोज ६ सोमबार
neymar19.jpg

काठमाडौं । ब्राजिलियन फुटबल स्टार नेयमार नयाँ सिजनको फुटबलमा फर्ममा फर्केका छन् । नेयमारले महत्वपूर्ण गोल गर्दै फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई जिताएका छन् । 

खेल सकिन ३ मिनेट बाँकी छँदा गोल गरेर उनले लियोंलाई पराजित गर्न सफल भएका हुन् । 

यसअघि गत हप्ता पनि स्टार्सवर्गविरुद्वको खेलमा ईन्जुरी समयमा गोल गर्दै नेयमारले जिताएका थिए । 

ट्रासफर हुन रुचाएर बार्सिलोना जान खोजेपछि नेयमारले सुरुवातका चार खेल गुमाएका थिए । त्यसपछिका दुई खेलमा उनको हिरोगिरी काम लागेको छ । 

फ्रेन्च लिगको शीर्ष स्थानको पीएसजीले ६ खेलबाट १५ अंक जोडेको छ । दोस्रो स्थानको एंगर्सले आइतबार राति सेन्ट इटिन्नेलाई ४–१ गोल अन्तरले पराजित गर्दै १३ अंक बटुलेको छ । 

रेन्नेस र लिलेले भने १–१ को बराबरी खेलेका छन् । १२ अंकबाट निस तेस्रो स्थानमा रहँदा ११ अंकबाट रेन्नेस चौथो स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ