arrow

सीपीएलको अन्तिम खेलमा कमाल खेले सन्दीप लामिछानेले  

logo
प्रकाशित २०७६ असोज ७ मंगलबार
Sandeep_bbl1.jpg

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा स्पिन बलर सन्दीप लामिछानेले क्यारेबियन क्रिकेट लिग सीपीएलमा सबैभन्दा कसिलो बलिङ गरेका छन् । 

मंगलबार बिहान बार्बाडोस ट्रिडेन्टका खेलाडी सन्दीपले जमैका तालेवाजविरुद्ध सबैभन्दा कसिलो बलिङ गरेका हुन् । 

ब्रिजटाउनमा भएको खेलमा बार्बाडोस ५ रनले पराजित भयो । टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा अलआउट हुँदै १२७ रन बनायो ।

ग्लेन फिलिप्सले ४१ रन बनाए । यस्तै रामेल लेविसले २७ रन जोडे । सन्दीपले किफायती बलिङ गरे । उनले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । 

त्यस्तै जासन होल्डरले २१ खर्चेर २ तथा रेमोन रिफरले ३१ रन खर्चेर २–२ विकेट लिए ।

योसँगै सन्दीपले यस सिजनमा सीपीएलमा ६ खेलबाट ८ विकेट हात पार्न सफल भए । यो नै सन्दीपको जारी सिजनको अन्तिम खेल हो । उनी अब राष्ट्रिय टिममा सामेल हुन सिंगापुर आउने छन् ।

जवाफमा बार्बाडोसले ९ विकेटको नोक्सानीमा १२२ रनमात्र बनायो । जोन्सन चार्लसले ३१ रन बनाए । सन्दीपले ८ बलमा १ चौकाको मद्धतले नटआउट रहँदै ९ रन बनाए । 

६ टिम सहभागी सीपीएलमा बार्बाडोस चौथो स्थानमा छ । सन्दीपले व्यवसायिक खेलमा निकै फड्को मारे पनि अहिलेसम्म उनी सम्मिलित कुनै पनि टिमले उपाधि भने जितेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ