arrow

हिक्मतले अमेरिका कराते कपमा जिते दुई स्वर्ण      

logo
भरत प्रधान,
प्रकाशित २०७६ असोज ७ मंगलबार
hikmat-ghartimagar.jpg

पोर्चुगल । अमेरिका कराते कपमा नेपालका हिक्मत घर्तीमगरले दुई स्वर्ण पदक जित्न सफल भएका छन् । 

अमेरिकाको न्यूयोर्क शहरमा भएको उक्त प्रतियोगितामा घर्तीमगरले ६७ किलो तौल समूहको कुमुते र एकल कातातर्फ स्वर्ण हात पारेका हुन् । 

आईतबार भएको फाइनल खेलमा हिक्मतले दुवै प्रतिस्पर्धामा अमेरिकाका खेलाडीलाई पराजित गरेका थिए ।
 
४० देशका कराते खेलाडीको सहभागीता रहेको उक्त प्रतियोगितामा घर्तीमगर नेपालका एक्ला प्रतिस्पर्धी हुन् । 

सन् २०१५ देखि पोर्चुगल बस्दै आएका उनी नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी हुन अमेरिका गएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ