arrow

कोहली अनुचित व्यवहारमा दोषी ठहर, तेस्रो पटक जोडियो अयोग्य अंक

logo
प्रकाशित २०७६ असोज ७ मंगलबार
kohli5.jpg

काठमाडौं । भारतीय क्रिकेट कप्तान विराट कोहली अनुचित व्यवहारमा दोषी ठहर भएका छन् । आइतबार बैंगलुरुमा दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टी–२० क्रिकेटका क्रममा आचार संहिता तोडेको आरोपमा दोषी ठहर गरिएको हो । 

खेलमा दक्षिण अफ्रिकी बलर ब्युरन हेन्ड्रिक्ससंग उनी ठोक्किएका थिए । त्यसपछि उनले आइसीसीको लेभल –१ आचार संहिता उल्लंघन गरेका थिए । 

दोषी पाइएपछि उनको खातामा एक अयोग्य अंक थपिएको छ । विराटले अहिलेसम्म तीन अयोग्य अंक पाइसकेका छन् । 

विराटले कार्वाही भोग्न तयार रहेको बताएका छन् । यसपछि अब कुनै सुनुवाइको जरुरी पर्ने छैन । 

यसअघि कहिले परे कार्वाहीमा ?
विराटले अहिलेसम्म तीन वटा अयोग्य अंक पाएका छन् । उनी जुन घटनामा दोषी भएका छन् त्यसमा खेलाडी र उनका सहयोगीका लागि बनाइएको हो । यसमा एक अन्तर्राष्ट्रिय खेलका क्रममा खेलाडी, उनका सहयोगी, अम्पायर, रेफ्री या कुनै व्यक्ति (एक दर्शकसमेत) का साथ अनुचित शारीरिक सम्पर्क गरेको बारेमा निर्देश जारी गरिएको हो । 

सन् २०१६ मा आएको नयाँ आचारसंहितापछि उनी तेस्रो पटक कार्वाहीमा परेका हुन् । 

सन् २०१८ को जनवरीमा प्रिटोरियामा दक्षिण अफ्रिका विरुद्धको टेष्ट क्रिकेटका बेलामा उनी पहिलो कार्वाहीमा परेका थिए । 

त्यस्तै विश्वकप क्रिकेटका बेलामा सन् २०१९ मै जुन २२ तारिखमा अफगानिस्तानविरुद्धको खेलका बेलामा पनि उनको डिमेरिट (अयोग्य) अंक थपिएको थियो । 

एक लेभल आचारसंहिता उल्लंघनमा दोषी पाइँदा खेलाडीको ५० प्रतिशत म्याच फी जरिवाना हुने गर्दछ । त्यस्तै अयोग्य अंक पनि थपिने गर्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ