arrow

आँखाबाट आँशु हैन दैनिक ५० क्रिस्टल निस्किएपछि 

logo
प्रकाशित २०७६ असोज ७ मंगलबार

काठमाडौं । संसारमा विभिन्न रोग देखा पर्दै गएको छ । एक चिकित्सा विज्ञानलाई हैरान पार्ने गरी घटना सार्वजनिक भएको छ कि आँखाबाट आँशु हैन दैनिक ५० स्फटिक (क्रिस्टल) निस्किरहेको छ । 

घटना हो अर्मेनियाको एक गाउँ स्पेन्डेरियनमा रहने स्याटेनिक काजेरियनको । २२ वर्षीया उनको आँखाबाट दैनिक ५० वटा क्रिष्टल आँशु निस्किरहेको छ । 

एक बच्चाकी आमा रहेकी उनको आँशुमा कसरी क्रिस्टल पैदा भइरहेको छ भन्दै चिकित्सकहरु पनि हैरान भएका छन् । 

खेती किसानी गर्ने परिवारकी उनको समस्या तत्काल समाधान हुने सम्भावना पनि कम रहेको छ । 

केही समय पहिले आँखामा धुलो गएको एहसास भएपछि क्रिस्टल निस्किएको थियो । 

आँखा विशेषज्ञकोमा गएपछि दिएको औषधिले तत्काल राहत मिले पनि क्रिष्टल आँशु आउन थालेपछि समस्या भएको छ । 

चिकित्सकले सुरुआतमा विश्वासै गर्न नसकेको गुनासो परिवारको छ । किनकि अहिलेसम्म कसैको आँखाबाट क्रिस्टल निस्केको चिकित्सकले कहिल्यै देखेकै थिएनन् । 

अर्मेनियाका उपस्वास्थ्यमन्त्री ओगेन्स अरुटुयनले पीडितसंग भेट्ने योजना बनाएको र त्यसपछि उनकोबारेमा थप जानकारी मिल्न सक्ने बताएका छन् । 

रुसी नेत्र विशेषज्ञ तात्याना शिलोवाले यो स्थिति एकदमै असाधारण भएको बताउँदै यसको प्याथोलोजी जाँच हुन मुस्किल रहेको बताइन् । 

उनले आँशुमा प्रोटिन लगायतका केही सूक्ष्म तत्व हुने भए पनि क्रिस्टल बन्नेबारे अनभिज्ञ भएको बताइन् । 

उनले नुनको मात्रा र प्रोटिनको मात्रा बढी हुँदा क्रिस्टल हुने आशंका भने जनाइन् । 

यसलाई शरीरमा भएको कुनै अर्को रोगको लक्षणसमेत रहेको हुन सक्ने जनाइएको छ । (एजेन्सीको सहयोगमा)


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ